बुधबार, भाद्र ३ गते २०८३

नेफ्स्कून अध्यक्ष ढकालको प्रतिवद्धता , ‘सुर्खेत घटनाको निष्पक्ष छानविन गरी उपयुक्त निर्णय लिन्छौं’


पौष २०, २०८२ आइतबार
नेफ्स्कून अध्यक्ष ढकालको प्रतिवद्धता , ‘सुर्खेत घटनाको  निष्पक्ष  छानविन गरी उपयुक्त निर्णय लिन्छौं’

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्र प्रसाद ढकालले सुर्खेत फिल्ड कार्यालयमा भएको  घटनाका विषयमा आजै सञ्चालक समितिको आकस्मिक बैठक  बसी उपयुक्त निर्णय लिने बताएका छन् ।

उनले  सामाजिक संजाल फेसबुकमार्फत संघको आकस्मिक बैठक  बसी सहकारी ऐन,विनियमभित्र रही उपयुक्त निर्णय लिने प्रतिवद्धता जनाएका हुन् । समस्याको विषयमा आफु गम्भिर रहेको भन्दै अध्यक्ष ढकालले समस्याको सत्य तथ्य बुझन् सबै सम्भावनाहरु अबलम्बन गरिएको र यसलाई तार्किक निष्कर्षमा  पु¥याउन पटक पटक पदाधिकारी,सहकारी अभियानका साथीहरु र  म्यानजेर्सहरुसँग छलफल र संवाद गरिएको बताए ।  

उनले उक्त घटना हुनुभन्दा पहिला नै आफू उपत्यका बाहिर भएको र बिचमा विदाको दिन परेपनि समन्वय भने गरिरहेको जनाएका छन्। व्वस्थापन, संचालक समिती, अभियान, संचारक्षेत्र, सामाजिक संजाल लगायत सबै क्षेत्रबाट  सुर्खेत घटनाका विषयमा आएका सुझावलाई उच्च सम्मान गरेर जाने बताएका छन्  । अध्यक्ष ढकालले उक्त घटनाको प्रकृति आफैमा दुःखद र पदिय दायित्व निर्वाहमा जवाफदेही हुन नसकेको उल्लेख गरे ।  

उनले लेखेका छन्, ‘लगभग यो समय यतिखेरसम्म कार्यालय बन्द, पौष महिनाको मौसम, कणाली प्रदेश सुर्खेतको घटना भएकोले  व्यवस्थापनमा उल्लेख गरियजस्तो सहज पक्कै होइन भन्ने सबैले बुझेकै हुन पर्छ । त्यसका बाबजुद पनि आवेसमा दर्ता गरिएको जाहेरीको आधारमा नियन्त्रणमा लिइएका  व्यवस्थापनका साथीहरू शुक्रबार रातिनै आफ्नो बासस्थानमा पुर्याउनु, हिजो सबैपक्षको सहभागितामा जाहेरी फिर्ता लिने परिस्थितिलाई क्रमश सामान्य बनाउदै लैजाने कार्यमा समन्वय गर्नुभएका सबैलाइ हृदयदेखि स्मरण गर्न चाहान्छु उनले भनेका छन् ।’ 

नेफ्स्कूनका  सञ्चालक वीरबहादुर रावत भोटेको कर्मचारी माथिको दादागिरीप्रति सहकारीका कर्मचारी संगठनहरु लगायत  सिगों सहकारीकर्मीहरुले  विरोध जनाएका छन् ।