शनिबार, आश्विन १७ गते २०८३

नेपालले दश बर्षपछि अकूमा प्रतिनिधित्व गर्न सफलः अध्यक्ष ढकाल


आश्विन १, २०८३ बिहीबार
नेपालले दश बर्षपछि अकूमा प्रतिनिधित्व गर्न सफलः अध्यक्ष ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्र प्रसाद ढकालले  नेपाल १० बर्षपछि एसियाली ऋण महासंघ (अकू) को नेतृत्वमा पुगेको बताएका छन् । नेफ्स्कूनले  आज आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै अध्यक्ष ढकालले भूकम्प पश्चातको दुई बर्ष अकूको नेतृत्वमा जान सक्ने अवस्था नरहेको भन्दै त्यस पश्चात प्रयास गर्दै आएको भए पनि १० बर्षपछि मात्र सफल हुन सकेको बताए ।

नेफ्स्कूनले परम्परा बसाल्न र राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय रुपमा  प्राप्त गरेको उपलब्धीहरुलाई जानकारी दिन  पत्रकार सम्मेलनको आयोजना गरिएको बताए । अकूको द्धितीय उपाध्यक्षमा निर्वाचित भएका ढकालले यस अघि नेफ्स्कूनका अग्रजहरुले अकूको नेतृत्व गरिसकेको बताए । उनले यस अघि अकूमा प्रथम उपाध्यक्ष र द्धितीय उपाध्यक्षको रुपमा  नेपालबाट प्रतिनिधित्व गरिसकेको जानकारी दिए । उनले भने,‘हामीले  अकूको वैठकमा  जति विषय उठाउन सक्छौं,त्यो विषयले बढी अर्थ राख्छ, बर्षमा दुई वटा मिटिङ्ग हुन्छ । मिटिङ्गमा कुनै प्रस्ताव पठाउनु अघि बलियो बनाएर पठाउन सक्यौं भने त्यसले स्थान पाउछ । कुनै पनि प्रस्तावलाई फेडरेशनले प्रस्ताव गर्नुपर्छ र त्यसकै आधारमा अकू भित्रको टिमले एजेन्डाको रुपमा राखेर अगाडि लैजान्छ ।’ एजेन्डा पर्न सक्यो भने मात्र त्यो विषयमा छलफल हुने भन्दै उनले रसुवाको बाढीको विषयमा नाकुफोकलाई जानकारी भएकाले अहिले ५० हजार अमेरिकी डलर सहयोग प्रतिवद्धता आएको उनले जनाए ।

नेपालको साकोस अभियानलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरामा हामीले कसरी एजेन्डा बनाएर पठाउछौं, त्यसमा  नै भर पर्ने उनले प्रतिक्रिया दिए । नेफ्स्कून वोर्ड र व्यवस्थापन अबको लागि कस्तो एजेन्डा आवश्यकता छ भन्ने  विषयमा  फोकस हुने अध्यक्ष ढकालले उल्लेख गरे ।  त्यसैगरी उनले नेपालका २ सहकारी संस्थाले अकूबाट ब्राण्ड लिन सपल भएको भन्दै भूकम्प, प्राकृतिक प्रकोप र वित्तीय सहकारीमा देखिएको तरलता अभावका कारण स्तरीकरण सहकारीलाई नै दवाव दिएकोे र कतिपय संस्थाहरुले मेहनत गर्दा गर्दै पनि ब्राण्डिङ कार्यक्रममा पूर्णता पाउन नसकेको प्रष्ट पारे । उनले भने,‘विगतमा मुलुकमा आएको प्राकृति प्रकोप, विपति ,कोभिड १९, वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव जस्ता कारणले संस्थाहरुले अकूबाट ब्राण्ड लिन सकेनन् । वित्तीय संस्थाको आन्तरिक कारणले भन्दा पनि मुलुकमा आएको विषम परिस्थितिले थुप्रै संस्थाहरुले चाहेर पनि ब्राण्ड लिन नसेका हुन् । ’

संस्थाहरुको अडिट अकू आफैले गर्ने र अकूको एजिएमको अवसरमा नै संस्थाहरुलाई ब्राष्ड प्रदान गर्ने गरेको उनले सुनाए । मुलुकको साकोस अभियानले अन्तराषर््िट्रयस्तरमा पहिचान बनाउन सकेको भए पनि पछिल्लो समय कतिपय सहकारी संस्थामा आएको विचलनले  मुलुकभित्र अभियान कमजोर भएको हो कि भन्ने महशुश आफुले समेत गरेको उनले सुनाए । ब्राण्ड लिनेमा पहिलो इन्डोनेशिया, दोस्रो फिलिपिन्स र तेस्रो नेपाल भएको भन्दै अध्यक्ष ढकालले अकूमा १८ वटा देश आवद्ध रहे पनि तीन राष्ट्रले मात्र संस्थाहरुलाई  ब्राण्ड  दिलाउने कामको नेतृत्व गरेको उल्लेख गरे । कोभिड १९ भन्दा अगाडि ब्राण्ड लिने संस्थाको हकमा नेपाल पहिलो भए पनि बीचमा विषम परिस्थितिले संस्थाहरुलाई समस्यामा पारेको र अब त्यो संख्या पुनः बढ्ने उनको भनाई छ । जतिखेर जति धेरै संस्थाहरु ब्राण्ड लिन सफल भए ,त्यतिखेर सरकारले अभियानको आवाज पनि सुन्थ्यो, संस्थाहरु पनि विविध कारणले कमजोर हुँदै गएपछि सरकारले अभियानको आवाज पनि कम सुन थालेको उनको बुझाई छ ।

 फरक प्रसंगमा उनले नेफ्स्कूनले बैंक दर्ता गनुपर्छ भनेर मागेको भन्दा पनि परिस्थितिले त्यस्तो अवस्था सृजना गरेको सुनाए । नेफ्स्कूनले बैंक दर्र्ता गर्नुुपर्छ हिडेको नभई केही भाखा नाघेको ऋणहरु हुँदा केही समस्या भएको ढकालले जनाए  । उनले भने ‘ ऐनमा पनि संघहरुले वित्तीय कारोबार गर्ने नपाउने व्यवस्था  आयो, त्यसपछि हामीले सहकारी बैंकसँग छलफल गर्यौ । कतिपय विषयहरु बैंक र नेफ्स्कूनका साझा छन् । कतिपय संस्था दुबै संस्थाका सदस्य छन् । संस्था बैंकमा पनि आवद्ध छन् र ती संस्थाले नेफ्स्कूनबाट लिएको ऋणलाई बैकले स्वाप गर्न भन्यौ , त्यसपछि हामीलाई यात्रा गर्न सहज हुन्छ र हाम्रो वित्तीय कारोबारलाई घटाएर फेडरेशनको रुपमा बस्छौं भनेर हामीले छलफल गर्यौ । ’ तर त्यो विषय छलफलकै क्रममा ऐनले संघहरु मिलेर एक पटकको हकमा नयाँ बैंक खोल्न सक्ने कुरा आएकोले कार्यदल बनेर अगाडि बढेको उनले जानकारी दिए ।

नेफ्स्कून कुनै बेला बाघ जस्तो रहेको र आज पनि काम हिसाबले बाघ नै सम्झिएको उनले दावी गरे । परिस्थिति र समयले विकल्प रुपमा बैंकको बारेमा सोच्न भनेको र अभियानको उत्तरदायी बन्ने हो भन्ने त्यसको जिम्मा पनि फेडरेशनले लिनुपर्ने उनको भनाई छ । बैंक खोल्ने विषयलाई कुनै प्रतिष्ठा र इगोको रुपमा लिएको नभई सहकारी अभियानलाई संस्थागत गर्ने र यसको स्थायित्वका लागि लिनुपर्ने सबै खालका निर्णय लिएर अगाडि बढ्ने उनले भनाई छ । साकोस अभियानको स्थायित्वका लागि नयाँ बैंक खोल्ने विषयमा प्रक्रिया अगाडि बढेको र त्यसले एउटा आकार लिने उनले प्रष्ट पारे । यसका लागि सबैले सहयोग गर्न आग्रह गर्दै उनले पूर्ण बैंक बन्न नेफ्स्कून लागि पर्ने जनाए ।