शनिबार, कार्तिक २२ गते २०८३

नवोदय बहुउदेश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा, कुल सम्पत्ति २३ करोड माथि


कार्तिक २२, २०८३ शनिबार
नवोदय बहुउदेश्यीय सहकारी संस्थाको  वार्षिक  साधारण सभा, कुल सम्पत्ति २३ करोड माथि

काठमान्डौको बूढानीलकण्ठ १२ मा कार्यालय रहेको नवोदय बहुउदेश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधरण सभाको प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिका १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराई र अतिथिहरु विभिन्न छिमेकी सहकारी संस्थाका अध्यक्षहरु रहेका थिए ।

 उपाधक्ष्य बिष्णुप्रसाद भट्टराईले स्वागत मन्तब्य राखेको  साधारणसभाको संचालन संस्थाका सचिव रामबाबु नेपालले गरेका थिए । साधारण सभाले शेयर पूजी रु २ करोड २६ लाख १६ हजार ४ सय कुल निक्षेप रु २० करोड १८ लाख ५२ हजार गरी  कुल ऋण लगानी १५ करोड ३९ लाख ५५ हजार सहित कुल सम्पति रु २३ करोड १० लाख ३९ हजार पुगेको वित्तीय प्रतिवेदनलाई सभाले अनुमोदन गरेको थियो ।

साधारणसभामा प्रस्तुत लेखापरीक्षण प्रतिवेदन, अन्य बार्षिक प्रतिवेदनहरु छलफल पश्चात पारित गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत शंकरप्रसाद आचार्यले वित्तीय प्रतिवेदन उपर उठेका जिज्ञासाहरुलाई प्रष्ट पार्दै सदस्यहरुमा संस्थाका बिबिध गतिबिधिका बारेमा समेत आफ्ना भनाइहरु राखेका थिए । साधारणसभामा उल्लेख्य  रुपमा सदस्य हरुको सहभागिता रहेको थियो। .उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुले संस्था समुदायमा आधारित भएको हुनाले ढुक्कसंग कारोवार गर्न सदस्यहरुलाइ उत्पेरित  गर्नुको साथै संस्थाका वित्तिय सूचाकहरु सन्तोषजनक रहेको भन्दै प्रशंशा समेत  गरेका थिए । उक्त साधारणसभामा कलाकार सुर्य मणि आचार्यले बिभिन्न सहकारीसंग सरोकार राख्ने सांगीतिक प्रस्तुति समेत गरेका थिए । 

WhatsApp Image 2026-11-07 at 20.15.17.jpeg