बिहीबार , कार्तिक २० गते २०८३

सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदमा आवेदन खुला, मंसीर ३ गतेसम्म म्याद


कार्तिक २०, २०८३ बिहीबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदमा आवेदन खुला, मंसीर ३ गतेसम्म म्याद

 

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले योग्य उम्मेदवारबाट आवेदन माग गरेको छ। समितिले सूचना जारी गर्दै अध्यक्ष पदका लागि ६० वर्ष उमेर पूरा नभएका र सहकारी ऐनले तोकेको योग्यता तथा अनुभव पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले आवेदनसँगै व्यक्तिगत विवरण, शैक्षिक योग्यता, कार्य अनुभव र आवश्यक प्रमाणपत्र पेस गर्नुपर्नेछ । साथै सहकारी क्षेत्रको वर्तमान अवस्था, समस्या, चुनौती तथा नियमन सुधारका उपाय समेटिएको कम्तीमा पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना पनि बुझाउनुपर्नेछ ।

कार्ययोजनाको तीन प्रति तयार गरी सिलबन्दी खाममा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । आवेदन दस्तुर पाँच हजार रुपैयाँ तोकिएको छ । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात् २०८३ मंसिर ३ गतेसम्म राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालय, पुल्चोक, ललितपुरमा आवेदन बुझाउन सक्नेछन् ।

अध्यक्ष नियुक्तिसम्बन्धी मापदण्ड, २०८३ र विस्तृत सूचना भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।

लिंककाे लागि यहाँ क्लिक गर्नुहाेस्