कैलालीको लम्कीचुहा-१, लम्की बजारमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले ३० औँ बार्षिकोत्सव मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय जना रक्तदाताहरुले रक्तदान गरेका थिए । विरामीको उपचारको लागि आवश्यक पर्ने रगतको मागलाई केहि मात्रामा भए पनि पुरा गर्ने उदेश्यका साथ रक्तदान आयोजना गरिएको संस्थाले जनाएको छ। रक्तदाताहरुलाई संस्थाले सो अवसरमा प्रमाण पत्र समेत प्रदान गरेको थियो ।

बार्षिकोत्सवको अवसरमा संस्थाले कर्मचारीस्तरीय अतिरिक्त कृयाकलाप, पर्यावरणका लागि आहारको प्रवद्र्धन कार्यक्रम र त्रैमासिक मुखपत्र किसान दर्पणको विमोचन गरेको छ । बार्षिकोत्सवको अवसरमा संस्थाले कर्मचारीस्तरीय अतिरिक्त कृयाकलाप, रक्तदान शिविर, पर्यावरणका लागि आहारको प्रवद्र्धन कार्यक्रम र त्रैमासिक मुखपत्र किसान दर्पणको विमोचन गरेको छ ।
संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले ३० औं वर्ष सम्मको यात्रामा साथ, समर्थन र शुभेच्छा राख्नुहुने सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ सहयोगको अपेक्षा गरे । बार्षिकोत्सव अवसरमा अयाोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले संस्था समुदाय–केन्द्रीत भइ सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणमा लागि परेको बताए । सो अवसरमा अतिरिक्त कृयाकलापका विजेता कर्मचारी तथा गत आ.व.को कार्यसम्पादनका आधारमा १५ जना कर्मचारीलाई संस्थाका अध्यक्ष शाहले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
२०५२ साल कार्तिक १७ गते कैलाली जिल्लाको प्रवेशद्वार लम्कीमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट ६० हजार तीन सय शेयर पुँजी संकलन गरी संस्थाको स्थापना भई सेवा सञ्चालन गरेको संस्थाले स्थापनाको ३० वर्ष पुरागर्दा संस्थामा ९१ हजार ७ सय २३ सदस्य आवद्ध भएका छन् । संस्थाको कुल सम्पत्ति ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार शेयर पुँजी ५१ करोड ३५ लाख,जगेडा कोष ३५ करोड ७२ लाख, बचत संकलन ४ अर्ब ८१ करोड ६६ लाख ९४ हजार र ऋण लगानी ५ अर्ब १ करोड रहेको छ ।
बार्षिकोत्सवकै अवसर पारेर सोमबार संस्थाले आफ्नो पञ्चवर्षिय योजनाको प्रारम्भिक मस्यौदा समेत सार्वजनिक गरेको छ । जस अनुसार संस्थाले आगामी वर्षहरुमा वित्तीय उद्देश्य सँग–सँगै सामाजिक उद्देश्यलाई समेत प्राथमिकतामा राखेको छ ।