शनिबार, आश्विन १७ गते २०८३

साना किसान कृषि  सहकारी संस्थाद्वारा प्रधानमन्त्री उद्धार कोषमा सहयोग


आश्विन १६, २०८३ शुक्रबार
साना किसान कृषि  सहकारी संस्थाद्वारा प्रधानमन्त्री उद्धार कोषमा सहयोग

छिरेश्वरनाथ नगरपालिका -९,धनुषामा रहेको साना किसान कृषि स सहकारी संस्थाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको पुनःस्थापनाको लागि  आर्थिक सहयोग गरेको छ । संस्थाले गत भदौमा आएको बाढीका कारण प्रभावितहरुको पुनःस्थापनामा सहयोगमा पुर्‍याउने उदेश्यका साथ आर्थिक सहयोग गरेको  हो । 

संस्थाले  प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा ५५ हजार ५५५ रुर्पैयाँ सहयोग गरेको  जनाएको छ ।  संस्थाले विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट,धादिङ र चितवन लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएकोप्रति दुस्ख व्यक्त गरेको छ । साथै बाढीमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना  समेत गरेको छ । 

साथै, विपद्को यस कठिन घडीमा पीडित तथा प्रभावित परिवारको सहयोगका लागि सबै पक्षबाट आवश्यक  सहयोग र सहकार्य  गर्न संस्थाले आग्रह गरेको छ। संस्थाले  सामाजिक उत्तरदायित्वसँग जोड्दै बाढीपीडितका लागि सहयोग उपलब्ध गराएको जनाएको छ ।