शनिबार, आश्विन १७ गते २०८३

सिद्धार्थ सहकारीका सदस्यले मध्यपुर अस्पतालमा उपचार गर्दा छुट पाउने


आश्विन १२, २०८३ सोमबार
सिद्धार्थ सहकारीका सदस्यले मध्यपुर अस्पतालमा उपचार गर्दा छुट पाउने


मध्यपुर थिमि –४ शंखधर चोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने  भएको छ । यसका लागि संस्थाले मध्यपुर अस्पतालसँग सम्झौता गरेको छ ।

स्वास्थ्य उपचार गर्दा सदस्यहरुलाई केही मात्रामा भए पनि सहुलियत पुगोस् भन्ने उदेश्यका साथ सम्झौता गरिएको अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा काम गर्दै आएको संस्थाले अब स्वास्थ्य सेवामा समेत सहजता प्रदान गर्ने लक्ष्य लिएको छ ।

संस्थामा १ हजार ६ सय भन्दा बढी सदस्य आवद्ध रहेका छन् भने सहकारीको कुुल सम्पत्ति  ४६ करोड मााथि रहेको छ । संस्थाले सहकारीको माध्यमबाट समाज रुपान्तरणमा समेत योगदान पुर्‍याउँदै आएको छ ।