आइतबार, आश्विन १८ गते २०८३

कमरेड एकदेब आले अनुकरणीय र अथक  क्रान्तिकारी


माघ १५, २०८१ मंगलबार
कमरेड एकदेब आले अनुकरणीय र अथक  क्रान्तिकारी

उदयपुर । नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनप्रति असीम निष्ठा र त्यागका प्रतिमूर्ति कमरेड एकदेब आले आज पनि उत्तिकै अनुकरणी ब्यक्तित्व हुनुहुन्छ । नयाँ जनबादी क्रान्ति मार्फत समाजबादमा संक्रमण गर्ने तथा देश र जनताका लागि आफ्नै माटोमा जनताका दुश्मनहरुसँग अबिराम लड्दै मर्ने उत्कट इच्छा आफुलाई उपचार गरिरहेका चिकित्सकसँग जाहेर गर्ने कमरेड आले नेपालमा  नयाँ जनबादी क्रान्तिको कार्यक्रम मस्यौदा गर्ने मध्येका एक कमरेड पुष्पलालको बिश्वासी क्रान्तिकारी सह–योद्धा हुनुहुन्थ्यो । दोश्रो बिश्व युद्धमा नाजी जर्मनी र फाशिष्ट इटलीसँग बृटिश सेनाको तर्फबाट लड्न पुग्नु भएका र युद्धबन्दीकोरुपमा थुनिनु भएका आले त्यो युद्ध पछि स्वदेश फर्केर जहानियाँ राणा शासन बिरुद्ध मुक्ति योद्धाकोरुपमा लड्नु भयो । त्यो क्रान्तिलाई अधुराे छोडेर गरिएको दिल्ली सम्झौताका बिरुद्ध संघर्ष अघि बढाउन खोज्दा जेल पर्नुृ भयो र त्यही जेलमा कम्युनिष्ट साथीहरुसाग सम्पर्कमा आए पछि जेलबाट रिहा हुनासाथ कमरेड पुष्पलाललाई भेटेर कम्युनिष्ट पार्टीको सदस्यता लिनु भयाे र ततकालीन गण्डकी अञ्चलको तनहुू जिल्लामा किसान फाँटमा काम गर्न थाल्नु भयो ।पर्ति र बाँझो जग्गा भूमिहीन र सुकुम्बासी किसानलाई दिने आन्दोलनको नेतृत्व गर्नु भयो । यसरी संघर्ष, संगठन र सिद्धान्त क्रान्तिका तीन मूख्य अबयवलाई सन्तुलित ढंगले जोडेर अगाडि बढाउन दत्तचित्त भएर उहाँ लाग्नु हुन्थ्यो । बास्तबिक किसानलाई जग्गाकाे मालिक बनाउने पहिलाे नेता पनि उहाँनै बन्नुभयाे । 

 यस क्रममा  कम्युनिष्ट आन्दोलन अघि बढाउँदै जाँदा नेपालमा सात सालको सीमित प्रजातान्त्रिक आन्दोलन मार्फत जनताले प्राप्त गरेका अधिकारहरु पनि राजाले सैन्य बलमा २०१७ सालमा खोसेपछि कमरेड आले पनि पाल्पा जेलमा पनुृ भयो । तर एउटा क्रान्तिकाप्रति हुटहुटी बोकेर संघर्षशील ब्यक्तित्वले ओइलाएर निष्कृय बस्ने कुरै थिएन । त्यसैले जुक्ति बुद्धिकासाथ तत्कालीन पाल्पा जेल प्रशासनको आँखामा छारो हालेर त्यहाको सुरक्षाकर्मीहरुका हतियार सहीत जेलबाट भाग्नु भयो र सोझै बनारसको दशपुत्र गल्लीमा क. पष्पलालको नेतृत्वमा चलिरहेको नेपाल कम्युनिष्ट पार्टीको संपर्कमा जानु भयो । ८ बर्षसम्म  कमरेड पुष्पलालका एकजना भरोसा र बिश्वासयोग्य कमरेड आलेको  क्यान्सर राेगबाट उहाँकाे २०२५ सालमा भएकाे निधनले कमरेड पुष्पलाल अत्यन्त दुःखी हुँदै एक शोक बक्तब्य लेख्नु भयो र आलेको बैज्ञानिक समाजबादप्रतिको अखण्ड निष्ठा, सबल चरित्र र चिन्तनलाई राम्रोसँग अनुसरण गर्न सकेमा मात्र उहाँप्रतिको शोकलाई  शक्तिमा बदल्न र आमूल अग्रगामी परिबर्तनलाई साकार तुल्याउ सकिने कुरा उल्लेख गनुृ भएको थियो । तत्कालीन भूकभूको भन्ने पत्रिकामा सहयोद्धा आलेप्रतिको साधुकामी र कमरेड आले भन्ने आलेख अत्यन्तै  महत्वपूर्ण र शिक्षाप्रद छ ।
यी कुरा कमरेड एकदेब आलेको ५५औं स्मृति दिवस कार्यक्रमा बोल्नु हुँदै कमरेड पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितका सदस्य सचिव तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदी उदयपुरको चौडण्डीगढी नगरपालिका लालीगुराँस सभाकक्षमा माघ १२ गते ब्यक्त गर्नु भएको हो । उहाले बिग्रदो बर्तमान राष्ट्रिय अन्तर्राष्टिय परिस्थितिमा आले जस्ता सच्चा सिद्धान्तनिष्ठ र संघर्षशील ब्यक्ति ब्यक्तित्वहरुको बर्तमानमा अत्यन्तै खाँचो छ भन्नु भयो । 

chaudaniekdev.jpg
पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समारोह समितिका केन्द्रिय सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष तथा यस बिशेष आले स्मृति कार्यक्रमका सभाध्यक्ष कमरेड भीमप्रसाद सेढाईले कमरेड एकदेब आलेसँग बनारसमासँगै बस्दाका अबिस्मरणीय अनुभवहरु सुनाउँनु हुँदै  उहाँ सरल, अध्ययनशील र संघर्षशील तर साधारण ब्यक्तित्व हुनु हुन्थ्यो र आफुले नजानेका कुरा सिक्न जानेका साथीहरु खोजी खोजी अध्ययनलाई निरन्तर अघि बढाउन निरन्तर कृयाशील ब्यक्तित्व हुनुहुन्थ्यो भन्नु हुँदै क्रान्तिकारी चिन्तन, चरित्र र आचरण कमरेड आलेबाट सिक्नु आज अझ खाँचो परेको पनि उहाँले औल्याउनु भयो । 
कमरेड पुष्पलालको शतबार्षिको बिशेष अवसरमा मनाइएको कमरेड आलेको बिशेष स्मृति दिबसको उद्घोषण कार्यक्रमलाई प्रभावकारी किसिमले सञ्चालन गर्नु हुँदै शतबार्षिकी समारोह समितिका केन्द्रिय सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य कमरेड भीम बान्तवाले कमरेड पुष्पलालका सहयोद्धा कमरेड आले जस्ता महान योद्धाको स्मरणले मात्रै पनि नेपाल र नेपालीको शीर उच्च हुन्छ र सामाजिक परिबर्तनप्रति दृढ संकल्पित भएर लाग्न प्रेरणा दिन्छ भन्नु भयो ।

chaudandiekdev2.jpg
समारोहमा उपस्थित सबै महानुभावहरूकाे परिचयात्मक कार्यक्रममा बोल्नु हुँदै  शत बार्षिकी समितिका केन्द्रिय सदस्य तथा पार्टीका केन्द्रिय सचिव क.रामदुलार महतो र सचिवालय सदस्य क. चन्द्रदेश रामले पनि  पुष्पलाल र आले जस्ता सच्चा क्रान्तिकारी नेताहरुको जीवन र कर्मबाट सही कुरा बुझेर काम नगर्ने हो भने यस्ता महत्वपूर्ण कार्यक्रमहरु औपचारिकतामै सीमित हुन पुग्छन् भनेर सबैलाई पार्टी कार्यमा क्रियाशील हुन बिशेष जोड दिनु भयो ।
कमरेड पष्पलालको नेतृत्वमा बिभिन्न समयमा काम गरेका पुष्पलालका अनुयायीहरु सबैले आफ्नो परिचयको क्रममा क. पुष्पलाल र आले जस्ता सिर्जनात्मक क्रान्तिकारी ब्यक्तित्वको निर्माण गर्न सबै सच्चा क्रान्तिकारीहरु एकै थलोमा उभिन्नु पर्ने आवश्यकता औैल्याउनु भयो र यस्तो अभियानलाई साकार पार्न पनि जाेडदार आग्रह गर्नु भयो ।

कमरेड पुष्पलाल र कमरेड एकदेब आलेकाे तस्विरमा फूल तथा अबिर अर्पण गर्दे र झण्डा उच्च उठाएर सम्मान प्रकट गर्दै शुरू गरिएकाे यस कार्यक्रममा उपस्थित सबैलाई न्यानाे स्वागत अभिबादन गर्दै क.पुष्पलाल जन्म शत बार्षिकी राष्ट्रिय समाराेह समितका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य क. गणेश कुमार खड्काले अहिलेसम्मकाे नेपालकाे राजनीतिक संघर्षकाे इतिहासले क. पुष्पलालले देखाएकाे मूलबाटाेमा नहिडी परिबर्तनले सही र साकाररूप लिदैन भन्ने कुरा दर्शाउनु भएकाे थियाे ।