शनिबार, आश्विन १७ गते २०८३

चीनलाई आधुनिक समाजवादी देश बनाउनको लागि प्रयासरत छौं- शी जिनपिङ

आश्विन १६, २०८३ शुक्रबार
चीनलाई   आधुनिक समाजवादी देश बनाउनको लागि प्रयासरत छौं- शी जिनपिङ

Maoning.jpg

*माओ निङ्ग 

राष्ट्रपति शी जिनपिङ जन गणतन्त्र चीनको स्थापना भएको ७७औँ वार्षिकोत्सवको अवसरमा आयोजित स्वागत कार्यक्रममा सहभागी हुनुभयो। उहाँले भन्नु भयो कि विगत ७७ वर्षमा चिनीयाँ कम्युनिष्ट पार्टीले जनतालाई एकताबद्ध गर्दै अघि बढ्न नेतृत्व गरेको छ। उहाले प्रष्ट पार्दै भन्नु भयो- हामीले पहिलो शताब्दी लक्ष्य पूरा गरेका छौं, जुन सबै दृष्टिले मध्यम समृद्ध समाज निर्माण गर्नु हो, र हामी दोस्रो शताब्दी लक्ष्य पुरा गर्न चीनलाई सबै दृष्टिले ठूलो आधुनिक समाजवादी देश बनाउनको लागि प्रयासरत छौं। 

जन गणतन्त्र स्थापनाको ७७औँ बार्षिकोत्सबमा  उहाँले भन्नु भयो कि  यस वर्षको शुरुदेखि, पार्टी र देशका सबै जनाले उत्साह र परिश्रमका साथ अघि बढेका छन्। हामीले चीनको १५औँ पाँचवर्षीय आर्थिक र सामाजिक विकास योजना तयार पारेका छौं र यसको कार्यान्वयन सुरु गरेका छौं। हामीले विभिन्न जोखिम र चुनौतीहरुलाई प्रभावकारी ढंगले सामना गरेका छौं। अर्थतन्त्रले कडा चुनौतीहरुको बाबजुद प्रगति गरेको छ, उच्च गुणस्तर र नवप्रवर्तनमूलक वृद्धिलाई प्राप्त गरेको छ, र ठूलो लचकता र जीवन्तता प्रदर्शन गरेको छ। 

अन्त्यमा उहाले निचोड निकाल्दै भन्नु भयो कि  जबसम्म हामी हाम्रो आत्मविश्वासमा अडिग रहन्छौं र हाम्रो लक्ष्यको खोजीमा लागिरहन्छौं, र दृढ कदम चालिरहन्छौं, हामी निश्चित रूपमा चीनको महान कम्युनिस्ट पार्टी, महान चिनियाँ जनसमुदाय, र महान जनगणतान्त्रिक चीनको लागि सफलता हासिल गर्न सक्छौं ।

*माओ निङ्ग  चिनीया बिदेश मन्त्रालयका प्रबक्ता हुनु हुन्छ ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता