काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टीको स्थपानको ७७औं बार्षिकोत्सब यस बर्ष कहाली लाग्दो हिम–पहिरोले ठूलो जन धनको क्षति भएर देश नै शोकाकाुल भएको बेला संक्षिप्तरुपमा भाद्र ३० गते १५सेप्टेम्बरलाई अभिनन्दन गरी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय नयाँ ठिमी भक्तपुरमा मनाइयो । त्यस अबसरमा नेपालमा कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनको स्थापना, बिकास र त्यसलाई सही दिशा दिनमा कमरेड पुष्पलालले पुर्याएको सैैद्धानितक, संगठनात्मक र संघर्षशील अतुलनीय योगदानको स्मरण र चर्चा गर्दै आज पनि उहाँले देखाएको क्रान्तिकारी सही बाटो, दिशा र गतिमा अघि बढ्न कम्युनिष्ट कार्य पद्धति, बिधि, बिधान र कार्यशैली पक्रिएर नेपाली शोषित पीडित जनताका बीचमा जान सकेमात्र यो बार्षिकोत्सब मनाएको र कमरेड पुष्पलाललाई स्मरण गरेको सार्थक हुने कुरामा बिशेष जोड दिइएको थियो ।

त्यस अबसरमा कार्यक्रमकाे अध्यक्षताको आसनबाट बोल्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुबेदीले कम्युनिष्ट आन्दोलनमा अएका बिकृति र बिसंगतिलाई चिर्दै कमरेड पुष्पलालले देखाएको क्रान्तिकारी कम्युनिष्ट एकता, बामपन्तथी एकता, संयुक्त मोर्चा र संयुक्त जन अन्दोलनको मूलबाटोमा अघि बढ्न सकेमा मात्र बिचलित भएको कम्युनिष्ट आन्दोलनलाई पुनस्थार्पित गर्न र सफल बनाउन सकिन्छ । यसैको लागि नेपाल कम्युनिष्ट पार्टीले अहिले ‘एकता प्रथम’ भन्ने नारालाई अघि सारेको र त्यसको निम्ति प्रयत्नशील रहेको कुरा दोहोर्याउनु भयो । यसरी अगाडि नबढीकन राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जन जीबिकाका समस्याहरु पनि हल हुन सक्तैनन् बरू अझ जटील बन्दछन् भन्ने कुरा पनि उहाँले औंल्याउनु भयो ।

संक्षिप्त कार्यक्रममा बोल्नु हुदै नेकपाका निर्देशन समितिका संयोजक अम्बिकाप्रसाद थैबले कमरेड पुष्पलालको नीति बिचार र सिद्धान्तलाई आत्मसात गरेर एकताबद्ध भएकोे नेपाल कम्युनिष्ट पार्टीले मात्र नेपाल र नेपाली जनतलाई सही दिशामा गोलबन्द गर्न सक्छ भन्ने कुरा बिगतकोे चरण चरणकाे आान्दोलनको इतिहासले प्रष्ट पारेको छ भन्ने औंल्याउँदै आज पनि नेपाल कम्युनिष्ट पार्टीले अघिसारेकाे एकताकाे क्रान्तिकारी बाटोमा लाग्नुको कुनै बिकल्प छैन भन्नु भयो ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य नारायणप्रसाद शर्माले पार्टीलाई सिद्धान्त, नीति र बिधि अनुसार एकताबद्ध दिशामा क्रियाशील तुल्याउन सकेमा मात्र यो ऐतिहासि दिनको स्मरण गरेको र त्यस दिनले दिशा निर्देश गरेको कम्युनिष्ट आन्दोलनको सार्थकता हुने कुरा औंल्याउँदे सबै किसिमका आग्रह पूर्बाग्रहबाट मुक्त भएर एकताको आधारपत्र अनुसार सही दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो भन्नु भयो ।
कमरेड पुष्पलालको तस्वीरमा फूल अबीर अर्पण गर्दै र उहाँको सम्मानमा एक मिनेट उपस्थित सबै कमरेडहरूले हात-हातमा कम्युनिष्ट पार्टीको झण्डा उच्च उठाउँदै शुरु गरिएको कार्यक्रमको सञ्चालन नेकपाका सचिवालय सदस्य युवराज नास्तिकले गर्नु भएको थियो । कार्यक्रमको शुरुमा देशको जनबादी तथा कम्युनिष्ट आन्दोलनमा शहादत प्राप्त गर्नु भएका महान शहीदहरु तथा भोटेकोशी–रसुवा हिम–पहिरोमा ज्यान गुमाए सम्पूर्ण मानुभावहरुप्रति समेत एक मिनेट मौन धारण गरिएको थियो ।

यसै गरी नेपाल कम्युनिष्ट पार्टी उदयपुरले पनि बेल्टारमा पार्टी स्थापनको ७७औं बार्षिकोत्सब कार्यक्रमको आयोजना गर्दै यस ऐतिहासिक दिनबाट प्रेरणा लिएर नेपाली शोषित पीडित जनताको मुक्ति र प्रगतिको निम्ति अगाडि बढ्ने प्रण गर्नु पर्दछ भन्ने महत्वपूर्ण कुरामा कार्यक्रमका बक्ताहरुले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सचिवालय सदस्य द्वय भीम सेढार्इ र भीम बान्तबा, पाेलिट ब्यूराे सदस्य त्रय ताेयाराज अधिकारी, शुकदेव चाैधरी र गणेश खड्का, केन्द्रिय सदस्य सबिन तामाङ्ग,दिपन कटुवाल, लगायतका कमरेडहरूकाे उपस्थिति रहेकाे थियाे

त्यसरी नै बाराको कचोर्वामा पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनको ऐतिहासिक दिनको स्मरण गर्दै मजदुर किसान लगायतका सम्पूर्ण श्रमजीवी जनताको मुक्ति र प्रगतिको मूलबाटो नपक्रिएसम्म कमरेड पुष्पलालले संगठित गरेको र सही बाटो देखाएको पार्टीको सार्थकता हुदैन भन्ने कुरा कार्यक्रमका बक्ता पार्टीका सचिवालय सदस्य नागेन्द्र प्रसाद यादब, केन्द्रिय सदस्य कैलाश यादब, यूवा नेता कुन्दन यादब लगायतका बक्तारुले औल्याउनु भएको थियो ।


नेपालपत्र संवाददाता