सोमबार, कार्तिक १० गते २०८३

बागमती प्रोस्कूनको साधारण सभामा भाग लिन प्रतिनिधि पठाउने आज अन्तिम दिन


कार्तिक १४, २०८१ बुधबार
बागमती प्रोस्कूनको  साधारण सभामा भाग लिन प्रतिनिधि पठाउने आज अन्तिम दिन

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले साधारण सभामा भाग लिन संस्था नविकरण तथा प्रतिनिधि पठाउने समय थप गरेको छ । यस अघि संघले  प्रतिनिधि पठाउन तथा संस्था नविकरणका लागि कार्तिक १० गतेसम्मको समय राखेको थियो । संघले ११ गते सूचना प्रकाशन गरी प्रतिनिधि पठाउने समय कार्तिक १४ गतेसम्मको लागि थप गरेको हो ।

संघमा ५२३ सहकारी संघसंस्था रहेकोमा ४५९ संघसंस्थाले नविकरण गरिसकेको संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले जानकारी दिए ।  संघको निर्वाचन प्रकृयामा भाग लिनका लागि ३६४ जनालाई  संघसंस्थाले प्रतिनिधिका रुपमा पठाइसकेका छन्। सूचनामा संघ संचालन गर्न बनेको विनियमको दफा २० बमोजिम मासिक नियमित बचत जम्मा गरी सदस्यता नविकरण भइनसकेको भए उक्त दिन कार्तिक मसान्तसम्मको मासिक बचत गरी संस्था नविकरण गर्न सकिने जनाइएको छ ।

संस्थाले प्रतिनिधि पठाउन संस्थाको निणर्यको सक्कल सम्वन्धित संस्थाको आधिकारिक इमेलमार्फत संघको इमेलमा प्रतिनिधि फारण पूर्णरुपमा भरेर पठाउन सकिने जनाइएको छ ।संघकोको निर्वाचन सहितको चौथो बार्षिक साधारण सभा कार्तिक २३ गते हुने छ ।