बिहीबार , आश्विन २९ गते २०८३

सहकारीका ऋणीले समयमा ऋण तिरिदिए सदस्यको बचत सुरक्षित हुन्छः डा.खतिवडा


आश्विन २८, २०८३ बुधबार
सहकारीका  ऋणीले समयमा ऋण तिरिदिए सदस्यको बचत सुरक्षित हुन्छः डा.खतिवडा

शुभप्रवा बचत तथा ऋण सहकारी संस्थाको को १७ औं  वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विदुर बस्नेतको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि  पैर्व गभर्नर डा.युवराज खतिवडा रहेका थिए  ।

सभाको उद्घाटन गर्दै उनले सहकारीबाट लिएको ऋण समय तिरिदिए मात्र सदस्यको बचत सुरक्षित हुने उनले सुनाए । बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता रहेकाले सहकारीमा पनि तरलता रहेको भन्दै उनले सधै त्यहि अवस्था नरहने उल्लेख गरे । सहकारी नै सदस्यहरुलाई ऋण लगानीको राम्रो माध्यम भएको भन्दै सदस्यहरुले पनि ऋणलाई सही सदुपयोग गर्नुपर्नेमा उनको जोड छ । अहिले व्यवसायीहरु पर्खहेरको अवस्थामा रहेको र घर जग्गा व्यवसायमा धेरै लगानी पहिले नै भएको उनले जनाए । असल बचतकर्ता र असल ऋणी भनेर मात्र नपुग्ने भन्दै उनले असल बचतकर्ताको पैसा लगेर कस्तो क्षेत्रमा लगानी गरेको छ भन्ने हेर्नुपर्ने उनको जोड छ ।

संस्थाबाट लगेको ऋणबाट उत्पादन वृद्धिका साथै रोजगारी सृजनामार्फत् आत्मनिर्भर  अर्थतन्त्र बनाउनुपर्नेमा उनले सुझाए । मुलुकको अर्थतन्त्र नै अप्ठ्यारोमा रहेको र सदस्यहरुको पनि व्यापार व्यवसायमा कमि हुँदा ऋण तिर्न नसेको उनले सुनाए । अर्थतन्त्रमा नयाँ लगानीकर्ता नआएको कारण ऋण लगानी बढ्न नसकेको उनले सुनाए ।  सरकारी निकायबीच समन्वयय नभए उद्यम व्यवसाय बढ्न नसक्ने भन्दै उनले सरकारले व्यवसायीले पत्याउने वातावरण बनाउनु उनको सुझाव छ । सहकारीलाई कसैले पनि नजार अन्दाज नगरेको र पाटीहरुको आ आफ्नै व्याख्या रहेको उनले सुनाए ।  सभामा संस्थाका प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्काले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०८२\८३ को वाािर्षक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा लेखा समिति सदस्य नरेन्द्र कुमार राउतले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सहायक प्रबन्धक दिपक पुडासैनीले गरेका थिए ।

 प्रतिवेदन अनुसार  २०८२\०८३ मा संस्थाको कुल कारोबार अर्थात् सम्पत्ति तथा दायित्व १७ दशमलव ४८ प्रतिशतले बढेर १ अर्ब १७ करोड ७ लाख २१ हजार रुपैयाँ पुगेको छ। यसैगरी शेयर पूँजी ६ दशमलव ०३ प्रतिशतले वृद्धि भई १० करोड ७८ लाख ७२ हजार रुपैयाँ र कुल निक्षेप १८ दशमलव ६४ प्रतिशतले वृद्धि भई ८८ करोड ४ लाख ७९ हजार रुपैयाँ कायम भएको छ । साथै कर्जा लगानी १७ दशमलव ८१ प्रतिशतले बढेर ७४ करोड ५६ लाख ७३ हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। समीक्षा वर्षमा संस्थाले ९ करोड ८२ लाख ७१ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने कुल खर्च ९ करोड ६५ लाख ५२ हजार रुपैयाँ भएको छ। कर्जा असुलीमा लचिलो नीति अपनाइएको र ठूलो रकम बैंकमा निर्व्याजी बस्नु परेका कारण संस्थाको सञ्चालन मुनाफा १७ लाख १९ हजार रुपैयाँ रहेको र संस्थाको कोष व्यवस्था ६ दशमलव ११ प्रतिशतले वृद्धि भई ८ करोड ३ लाख २१ हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रमुख कार्यकारी निर्देशक खड्काले डिजिटल प्रविधि र सुशासनको सन्दर्भमा संस्थाले विगत ६ वर्षदेखि डिजिटल कारोबारलाई प्राथमिकता दिँदै आएको बताए। संस्थाले शुभप्रवा स्मार्ट एप  मार्फत खानेपानी, बिजुली, हवाई टिकट, इन्टरनेट, टीभी, बीमा तथा बैंक फण्ड ट्रान्सफर र क्यूआर भुक्तानी जस्ता डिजिटल सेवाहरू उपलब्ध गराउँदै आएको छ। यसैगरी कनेक्ट आइपिएस  मार्फत २४सै घण्टा शुभप्रवाको खातामा १ करोड रुपैयाँसम्मको रियल टाइम रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध रहेको पनि उनले जानकारी दिए।

त्यसैगरी सभामा उत्कृष्ट सेयर सदस्य शिवराज खरेल,उत्कृष्ट बचतकर्ता छविलाल पुरी,उत्कृष्ट मुद्वती बचतकर्ता चन्द्र कुमारी कार्की,उत्कृष्ट ऋणी सदस्य प्रवीण माझी,उत्कृष्ट कर्मचारीतर्फ  न्युरोड सेवा केन्द्रमा कार्यरत इन्दिरा नेपाल न्यौपानेलाई सम्मान गरिएको थियो । सभामा शुभप्रवा एसईई सम्मान छात्रा अर्वाङ सिंह खडका,छात्र दिवाकर नेपाललाई गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले भोटेकोशीका बाढी पीडित राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको  छ ।