वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। असोज २४ र २५ गते सम्पन्न सातवटा एकाई सभामा भएका निर्णयलाई आज एकाई प्रतिनिधिहरूको निर्णय प्रमाणीकरण सभाले पारित गरेको छ । सभाले संस्थाको अध्यक्षमा आगामि ४ बर्षे कार्यकालका लागि बमबहादुर वि.सी.लाई निर्वाचित गरेको छ । वि.सी.को नेतृत्वमा ९ दस्यीय सञ्चालक समिति र लालबहादुर खड्काको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित छन्।
उपाध्यक्षमा श्याम पौडेल,सचिबमा राजन रजवार,कोषाध्यक्षमा इन्द्रा हमाल, सञ्चालक सदस्यहरूमा कमलप्रसाद नेपाल,देविराम बोहरा,शान्ति पोखरेल,बिध्या खत्री,होमबहादुर रामजालि निरविरोध निर्वाचित भएका छन् ।साथै लेखा सुपरीवेक्षण समिति सदस्यहरूमा बेचुलाल चौधरी र मोतिप्रसाद सापकोटा रहेका छन् । एकाईगत रूपमा सम्पन्न सभामा संस्थाका सञ्चालक समिति अध्यक्ष बम बहादुर बि.सी. वरिष्ठ उपाध्यक्ष श्याम पौडेल, उपाध्यक्ष रेश्मा खत्री, कोषाध्यक्ष इन्द्रा हमाल, सञ्चालक समिति सदस्यहरू कमल प्रसाद नेपाल, बालकृष्ण हमाल चालिसे, सुरेशकुमार वि.सी.,मोति प्रसाद सापकोटा, देविराम बोहरा विभिन्न एकाइगत कार्यक्रमको अध्यक्षता गरेका थिए । सभामा संस्थाका सञ्चालक समिति सदस्यहरू ,राजन रजवार, विद्या खत्री, शान्ति पोख्रेल, कविराम खड्का,लेखा सुपरीवेक्षण समिति संयोजक बेचुलाल चौधरी, सदस्यहरू लाल बहादुर खड्का र सूर्य कुमारी बि.सी.ले सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति संयोजकहरुको आतिथ्यतामा एकाई सभा सम्पन्न भएको हो ।
साधारण सभा २०८३ को प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेटको प्रस्तुतीकरण संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरूले गरेका थिए भने संस्थाका सेवाकेन्द्र संचालन तथा व्यवस्थापन उपसमितिका संयोजक तथा सदस्यहरूले सेवा केन्द्रहरूको आ.ब.२०८२।०८३ को वार्षिक प्रगति प्रतिवेदनको प्रस्तुतिकरण गरेका थिए । साथै कार्यक्रममा संस्थाले १२ वटा विधा अन्तरगत ४४५ जना संस्थाका शेयर सदस्यलाई सम्मान स्वरूप बाल सदस्यहरूलाई स्टेशनरी, जेष्ट सदस्यहरूलाई पौष्टिक आहार र अन्य सदस्यहरूलाई प्रसंसा पत्र, र ११ कित्ता संस्थागत शेयर थप सहित सम्मान गरिएको थियो ।
सभामा सेवाकेन्द्रहरूको वार्षिक प्रतिवेदन तथा संस्थाको आ.ब. २०८२।०८३ प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेटको प्रस्तुतीकरण उपर उपस्थित शेयर सदस्यहरूसँग वृहत छलफल गरी उनीहरुबाट प्राप्त सुझावहरू संकलन गरि सभा समापन गरिएको थियो । प्रस्तावित १७ बुँदे प्रस्तावहरू प्रस्तुति, छलफल र पारित गर्दै सर्वसम्मत रुपमा संस्थागत एजेण्डाहरु समेत पारित भएको थियो । सभाको कार्यक्रम संचालन तथा व्यवस्थापन संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापा, कार्यालय व्यवस्थापक योगेन्द्र भण्डारी, र प्रकाश शर्मा, वरिष्ठ कार्यक्रम अधिकृत रेशम प्रसाद सुवेदी, कार्यक्रम अधिकृत लिलाराम नेपाली, , छिन्चु सेवा केन्द्र प्रमुख तथा कार्यक्रम अधिकृत निर्मला शाही, कार्यक्रम अधिकृत बमबहादुर पुनमगर, कार्यक्रम अधिकृत दिपक शर्मा, कार्यक्रम अधिकृत डुगेन्द्रबहादुर शाहि लगायत संस्थाका विभागीय प्रमुख, वरिष्ठ सहायक तथा उल्लेखित सेवा केन्द्र अन्तरगतका सेवाकेन्द्र प्रमुखहरुले गरेका थिए ।
साधारणसभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम ७ वटा एकाई वैठक सञ्चालन गरेको थियो। सबै एकाईमा समान कार्यसूचीमाथि छलफल गरिएको थियो। सभामा लेखापरीक्षण प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८२\८३ मा १ करोड १६ लाख ८४ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ। समीक्षा अवधिमा संस्थाको कुल सम्पत्ति १ अर्ब ५३ करोड २५ लाख ६७ हजार पुगेको छ। सदस्यको बचत १ अर्ब २० करोड ५४ लाख , शेयर पुँजी १६ करोड २५ लाख ९१ हजार र संस्थागत पुँजी ६ करोड ८५ लाख २८ हजार रहेको छ। संस्थाले सदस्यलाई प्रवाह गरेको ऋण लगानी १ अर्ब १८ करोड ७९ लाख ११ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ।
सदस्यको जीवनका विभिन्न चरणमा सहयोग
बुडोलले सदस्यको जीवनमा आइपर्ने विभिन्न अवस्थालाई ध्यानमा राखेर सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले प्रसुति हुने महिला सदस्यलाई २ हजार रुपैयाँ बराबरको मातृत्व सुरक्षा सहयोग, दुर्घटना बीमाअन्तर्गत १ लाख रुपैयाँ बराबरको सुविधा प्रदान गर्दै अएको छ। त्यसैगरी, सदस्यको मृत्यु हुँदा परिवारलाई २० हजार रुपैयाँ काजकिरिया खर्च आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरेको छ।
सदस्यको समानान्तर शेयर कायम गर्ने नीतिसहित अघि बढेको संस्थाले मुनाफा आर्जनमा मात्र केन्द्रित नभई सदस्यले जीवनका विभिन्न परिस्थितिमा आर्थिक तथा सामाजिक सुरक्षा प्राप्त गर्न सक्ने योजनालाई प्राथमिकता दिएको छ। लाभांशसँगै बचत तथा ऋण कारोबारमा आधारित अतिरिक्त लाभ र सदस्य सुरक्षा कार्यक्रममार्फत संस्थाले सहकारीको प्रतिफल सदस्यसम्म पुर्याउने प्रयास गरेको छ।
नेपालपत्र संवाददाता