सोमबार, कार्तिक १० गते २०८३

ग्लोबल साकोसको १७ औं साधारण सभा सम्पन्न


कार्तिक १२, २०८१ सोमबार
ग्लोबल साकोसको १७ औं साधारण सभा सम्पन्न


 ललितपुरको बालकुमारीमा रहेको  ग्लोबल बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टलक बहादुर श्रेष्ठको सभापतित्वमा  एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कून०का अध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यमा  सभा सम्पन्न भएको हो ।  सभामा रामेछापको खाडादेवी गाउँपालिका प्रमुख ज्ञान कुमार श्रेष्ठ विशेष अतिथि रहेका थिए । समारोहमा उपस्थित अतिथि तथा शेयर सदस्यहरुलाई संस्थाका उपाध्यक्ष सन्तलाल श्रेष्ठले स्वागत गरेको थिए ।

साधारण सभामा संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष टलक श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र चालु आर्थिक बर्षको अनुमानित वित्तीय योजना पेश गरे । 

अध्यक्ष श्रेष्ठले शेयर सदस्यहरुको  विश्वास, भरोषा र सद्भावले गर्दा संस्थाले आफ्नो साख उँचो राख्न सफल भएको बताए ।  साधारण सभामा सचिव विष्णु कुमार श्रेष्ठले प्रशासनिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष धन बहादुर श्रेष्ठले लेखा परीक्षकको प्रतिवेदन र लेखा समिति संयोजक ताराराम श्रेष्ठले समितिको प्रतिवेदन पेश गरेका थिए ।साधारण सभामा पेश भएको प्रतिवेदन अनुसार गत असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी ३ करोड २९ लाख २ हजार रुपैयाँ र बचत संकलन १३ करोड २४ लाख  पुगेको छ । संस्थाले १ हजार ६ सय ५ जना शेयर सदस्यहरु मध्ये ३ सय ७ जनालाई विभिन्न प्रयोजनका लागि १६ करोड ५८ लाख ४८ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।  

गत आ।व।को अन्त्यमा संस्थाको जगेडा कोषमा ८९ लाख १६ हजार रुपैयाँ, कजा नोक्सानी तथा अन्य कोषमा १ करोड ८२ लाख ३७ हजार रुपैयाँ र कुल सम्पत्ति २० करोड ७१ लाख ७१ हजार रुपैयाँ कायम भएको छ । सभाले गत आ।व।को कारोबारबाट आर्जन गरेका खुद बचतबाट शेयर सदस्यहरुलाई पाँच प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।