सोमबार, कार्तिक १० गते २०८३

नवजागरण सहकारी संस्थाको २६ औं सभाले ६.६२ प्रतिशत लाभांश पारित


कार्तिक १२, २०८१ सोमबार
नवजागरण सहकारी संस्थाको २६ औं सभाले ६.६२ प्रतिशत लाभांश पारित


रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ।संस्थाको २६ औं बार्षिक साधारण सभा २०८१ कार्तिक २ गते देखी १२ गते सम्म  क्षेत्रगत रुपमा सम्पन्न गर्ने गरि ६ वटा केन्द्र  मार्फत सम्पन्न भएको छ ।  

संस्थाको अन्तिम साधारण सभा  आज उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ(कान्छाराम) को प्रमुख अथित्यतामा सम्पन्न गरेको हो ।  सभाको विषेश अतिथिमा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको  उपस्तिथि रहेको थियो । संस्थाले आब ०८०/०८१ मा ७४ करोडको कारोबार गरि १ करोड १० लाख नाफा गर्न सफल भएको छ भन्ने यस बर्ष शेयर लाभांश ६.६२ प्रतिशत  प्रदान गर्न सफल भएको छ ।  १७ लाख रुपैया  शेयर सदस्यहरुको लागी कारोबारको आधारमा बितरण गर्न संरक्षित पॅुजी फिर्ता कोषमा छुट्याएको छ भने  हाल संस्थाको ६ करोड ९० लाख जगेडा कोषमा रहेको छ । गत असार मसान्त सम्म संस्थाको शेयर पुँजी ४ करोड ४८ लाख४० हजार, बचत संकलन ५८ करोड ३३ लाख ५३ हजार र ऋण लगानी ३९ करोड ४३ लाख ५२ हजार रहेको छ । संस्थामा ९ हजार ८६४ जना सदस्य आवद्ध रहेका छन् ।

संस्थाको कुल सम्पत्ति ७४ करोड ५९ लाख ९१ हजार रहेको छ । संस्था बिभिन्न समयमा जिल्ला तथा प्रदेशमा उत्कृष्ट संस्थाको रुपमा सम्मानित भई सकेको छ भने यहि २०८१ कार्तिक २३ गते बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित हुदैछ । संस्थाका  अध्यक्ष श्याम थापाको सभापतित्वमा सभा सम्पन्न भएको हो ।

नयाँ सञ्चालक समिति चयन

सभाले सोमेश थापाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति  चयन गरेको  छ । समितिको उपाध्यक्षामा दामोदार थापा, सचिवमा नारायण बहादुर कार्की, कोषाध्यक्षमा भीमसेन थापा र सहसचिवमा कविता श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सञ्चालकहरूमा लालबहादुर मानन्धर, मनिषा माझी, सविना नेपाली, जयराम मानन्धर, रूद्रबहादुर महत र दामोदरप्रसाद घिमिरे निर्वाचित भएका छन् । 

त्यसैगरी  संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा तारानिधि सुवेदी र सदस्यहरूमा दीपककुमार कार्की र हसना पहरी चयन भएको निर्वाचन अधिकृत नवराज पथिकले जानकारी दिए । 

57f51854-097a-40fd-905a-142adc1416d6.jfif