सोमबार, कार्तिक १० गते २०८३

जनउत्थान सहकारी संस्थाको १९ औं साधारण सभाले पुनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन


आश्विन २०, २०८१ आइतबार
जनउत्थान  सहकारी संस्थाको १९ औं साधारण सभाले पुनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

 रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थामा गिरीप्रसाद पुनको अध्यक्षतामा संचालक समिति चयन भएको छ । संस्थाको १९औं वार्षिक साधारण सभाले १३ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । सभाले सञ्चालक समितिको उपाध्यक्षमा सरु राना, सचिवमा अन्जु जैसी, कोषाध्यक्षमा निल प्रसाद पुनलाई चयन गरेको छ ।

त्यसैगरी संस्थाको सञ्चालक सदस्यहरुमा गंगा अधिकारी, विष्णुमाया कुवर, सीता बस्याल, खिमबहादुर राना, सफिउर्रहमान अन्सारी, भैरबहादुर थापा, जोग बहादुर सुर्यवंशी, पुरन बहादुर शाही र लिला कुमारी थापालाई चयन गरेको हो । त्यसैगरी  सभाले खुमाकान्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।  समितिको सदस्यहरुमा रामबहादुर सोमरे र रुपा भण्डारी निर्वाचित भएका छन । 

462166459_1051836443393661_66871519848948053_n.jpg

 कार्यक्रममा संस्थाले सबै शेयर सदस्यहरुबाट १० र १० रुपैया उठाएर प्रधानमन्त्री राहत कोषमा ४ लाख बुझाएको छ । त्यस्तै सभाले तिलोत्तमा सिटि न्यूजका सम्पादक मोहन न्यौपानेलाई यस वर्षको जनउत्थान सहकारी पत्रकारिता पुरस्कार २०८१ बाट सम्मान गरिएको छ । कार्यक्रममा फिल्ड सहायकको तर्फबाट अन्जु कुमारी चौधरी, कार्यालय सहायकको तर्फबाट सीता रजाली, सेवा केन्द्र प्रमुखको तर्फबाट जोग बहादुर थापालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको थियो ।

462256660_1051838333393472_1253122804121536522_n.jpg

कार्यक्रम संस्थाको का .व .अध्यक्ष गिरीप्रसाद पुनको अध्यक्षता र रुपन्देहि जिल्ला प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, विशिष्ठ अतिथी नेफ्स्कून सञ्चालक ज्ञानु पौडयालले शुभकामना मन्तव्य राखेका थिए । सभाले गत आर्थिक वर्ष २०८० /८१ को ११.१८ करोड (शुद्ध मुनाफा) सहितको आय व्यय विवरण र आगामी आर्थिक वर्ष २०८१ / ८२ मा करिब १२ करोड शुद्ध मुनाफा र ४३५ करोड कुल वासलात पुर्याउने लक्ष्य सहितको अनुमानित आय व्यय  सर्बसम्मत पारित गरेको छ । संस्थामा हाल ८७ जना कर्मचारीहरु कार्यरत छन । ३१ जनाले सय सय रुपैया उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट शुरु भई २०६२ पौष १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको रुपमा दर्ता भएको हो । हाल जनउत्थान साकोस, पहुँच महिला साकोस, गौमुखि साकोस, बुद्ध बहुउद्देश्यीय सहकारी, पटाकसार बचत तथा ऋण सहकारी संस्था, सुदृढ साकोस र सगोल महिला साकोस गरी हालसम्म ७ वटा सहकारीहरु एकिकरण भइसकेका छन् ।