सोमबार, कार्तिक १० गते २०८३

आईडियल सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन


आश्विन १७, २०८१ बिहीबार
आईडियल सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन

 
सप्तरीको राजविराजमा रहेको आईडियल वचत तथा ऋण सहारी संस्थाको २५औ वार्षिक साधारण सभाबाट  नयाँ सञ्चलाक समित चयन भएको छ । निर्वाचन उप समितिका अनुसार संसथाको संचालक समिति अध्यक्षमा गणेश कुमार आश, उपाध्यक्षमा विजयानन्द झा, सचिवमा शैलेश कुमार चौधरीर कोषाध्यक्षमा मञ्जु देवी साह  निर्वाचित छन् ।

त्यसैगरी सञ्चलक समिति सदस्यहरुमा सुरज कुमार सिंह,हरिराम जोशी र कौशल्या कुमारी रजक चयन भएका छन् ।
 संस्थाको लेखा  सुपरीवेक्षण समिति संयोजकमा दिनेश कुमार साह कसेरा र सदस्यहरुमा डम्बर प्रसाद महतो र सुदामा प्रसाद सिंह निर्वाचित भएका  छन् ।पदास्थापना पछि आयोजित कार्यक्रममा  नवनिर्वाचित अध्यक्ष गणेश कुमार आशले सहकारीमाथि हालसम्म राखेको विश्वासलाई कायम राख्ने प्रतिबद्धता व्यक्त जनाए । संस्थाको नवनिर्वाचित संचालक समिति र लेखा समिति पदाधिकारीहरुले एक कार्यक्रमका विच सपथ ग्रहण एवम् पदास्थापना गरिएको छ । 

 निर्वाचन उप–समितिका संयोजक राजेश कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई सथप ग्रहण एवम् पदास्थापना गरिएको थियो ।  कार्यक्रममा संयोजक झाले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए भने झासहित निर्वाचन समितिका सदस्यहरुले  प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष मुरली प्रसाद यादव, राष्ट्रिय सहकारी बैक राजविराज शाखाका प्रमुख विरबल राजबंशी लगायतले सहकारी संस्थाको इतिहासमा अब्बल सहकारीको रुपमा स्थापित गर्न सफल  भएको भन्दै संचालक समिति तथा कर्मचारीहरुको प्रशंसा गरेका थिए ।