सोमबार, कार्तिक १० गते २०८३

चण्डेश्वरी साकोसको ३२औं वार्षिक साधारण सभाले ११.५८ प्रतिशत लाभांश पारित


आश्विन १४, २०८१ सोमबार
चण्डेश्वरी साकोसको ३२औं वार्षिक साधारण सभाले ११.५८ प्रतिशत लाभांश पारित

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविन भक्त बादे श्रेष्ठको अध्यक्षता, संस्थाकी बयोबृद्धा सदस्य तुलसी माया कटिलाको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष अमन पोटेको विशिष्ठ आतिथ्यता र स्थानिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा  संस्थाले साधारण सभा सम्पन्न गरेको हो । 

 सभामा  बिशिष्ट अतिथि अमन पोटेले  संस्थामा  नितिविधि अनुरुप नचल्दाका कारण उत्पन्न भएको उनले बताए  ।  साधारण सभामा  उपाध्यक्ष रमेश काजी श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सचिव बुद्ध रत्न मानन्धरले संस्थाको गत आव २०८०/०८१ को नीति तथा कार्यक्रमको समीक्षा र आव २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम योजना प्रस्तुत  गरेका थिए ।

साथै संस्थाका कोषाध्यक्ष गणेश कुमार रञ्जितले आर्थिक बर्ष २०८०/०८१ को लागी ११.५८ प्रतिशत लाभांश घोषणा गर्दै संस्थाको आव २०८०/०८१ को आर्थिक प्रगति समीक्षा र आव २०८१/०८२ को आर्थिक कार्यक्रम र बजेट योजना प्रस्तुत  गरेका थिए । त्यसैगरी, संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक राम प्रसाद श्रेष्ठज्यूले संस्थाको गत आव २०८०/०८१ को समग्र समीक्षा प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमको संचालन संस्थाका सचिब बुधरत्न मानन्धरले गरेका थिए । साधारण सभामा संस्थामा आबद्ध सदस्य तथा बाल सदस्यहरुले एस.ई.ई. २०८० मा  सहभागी भई उत्तिर्ण भएका ४० जना छात्र छात्राहरुलाई सम्मान गरिएको थियो भने सो मध्य ६ जनालाई ज्योती प्रकाश सैँजु स्मृति छात्रबृत्ति प्रदान गरिएको थियो । साथै संस्थामा उत्कृष्ट बित्तिय कारोबार गर्ने उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई बिभिन्न बिधाहरुमा सम्मान गरिएको थियो ।