सोमबार, कार्तिक १० गते २०८३

स्वेच्छा सहकारीको साधारण सभामा ७२ प्रतिशत सदस्यको उपस्थिति


आश्विन १४, २०८१ सोमबार
स्वेच्छा सहकारीको साधारण सभामा ७२ प्रतिशत सदस्यको उपस्थिति


स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमकार श्रेष्ठको सभापतित्व  एवं जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेका वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीको  प्रमुख आथित्यतामा सभा सम्पन्न भएको हो ।

सभामा  जिल्ला सहकारी संघ काभ्रेका कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा   विशेष अतिथी  रहेका थिए । संस्थाका कोषाध्यक्ष  सुनिल सापकोटाले संचालन  गरेको  कार्यक्रममा संचालक सदस्य रजनी श्रेष्ठले  स्वागत मन्तव्य  राखेकी थिइन्  भने संचालक सदस्य कोमल बहादुर  दनुवारले धन्यवाद ज्ञापन गरेका थिए । साधारण सभामा  ८४७  अर्थात ७२ प्रतिशत  सदस्यहरुको  उपस्थिती रहेको थियो ।सभाले ससचव गणेश दनुवारद्धारा प्रस्तुत  प्रगति प्रतिवेदन तथा प्रस्तावित नीति तथा  कार्यक्रम, कोषाध्यक्ष  सुनिल सापकोटाद्धारा प्रस्तुत आर्थिक बर्ष २०८०/८१को आर्थिक प्रतिवेदन एवं आर्थिक बर्ष २०८१/८२ का प्रस्तावित बजेट तथा अनुमानित आय व्ययका साथै लेखा परिक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

काभ्रेपलान्चोक जिल्ला बचत संघका पूर्व संचालक उपेन्द्र प्रसाद हुमगाईको संयोजकत्वमा, काभ्रेपलान्चोक जिल्ला बचत संघ लि का उप प्रबन्धक रबि कुमार केसी एवं मेहनती लुइटेल सदस्य  रहेको  निर्वाचन उप समितिले  रिक्त उपाध्यक्ष एवं  संचालक सदस्य पदमा उपनिर्वाचन मार्फत  क्रमशः सुरेश दनुवार तथा अर्जुन दनुवारलाई  निर्विरोध निर्वाचित गरेको थियो ।  सदस्य प्रोत्साहनका लागि नगद उपहार चिट्ठा कार्यक्रम  सन्चालन  गरिएको संस्थाले जनाएको छ । 

संस्थाका व्यवस्थापक सन्तोष नापितले सदस्य र समुदायलाई प्राथमिकतामा राखेर वित्तीय कारोबार गर्दै आएको बताए । उनले सहकारी सिद्धान्तमा आधारित रहेर संस्था सञ्चालन गरेकाले आर्थिक मन्दीका बीचमा पनि कुनै समस्या नपरेको र सदस्यहरूले नियमित बचत गर्ने गरेकाले तरलताको कुनै समस्या नपरेको जनाए ।