लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लि। १५ औं बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको अध्यक्षमा पुर्णचन्द्र ढकाल चयन भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा रितादेवी नेपाल, सचिवमा नेत्र प्रसाद पराजुली, कोषाध्यक्ष प्रेम बहादुर तामाङ र सदस्यहरूमा कृष्ण बहादुर पराजुली, रामशरण पराजुली, हरिबहादुर बोहोरा, रत्नकुमारी बस्नेत, मिरा खत्री चयन भएका हुन् । संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सरला सुवेदी चयन भएकी छिन् ।
बागमति प्रदेश सहकारी संघका संचालक तथा सहकारी अभियन्ता कृष्ण प्रसाद सुवेदीको संयोजकत्वमा गठित ३ सदस्य निर्बाचन समितिको कार्यक्रम तालिका अनुसार संस्थाले ९ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको हो । निर्वाचित पदाधिकारीहरुलाई संस्थाको निर्वाचन नीति २०७९ बमोजिम पद तथा गोपनियताको सपथ ग्रहण गराई प्रमाणपत्र प्रदान गर्ने कार्य समेत सम्पन्न भएको छ।
सभामा अध्यक्ष पुर्णचन्द्र ढकालले ३ हजार ६ सदस्यहरु माझ १७ करोड कारोबार गर्न संस्था सफल भएको बताए । संस्थालाई आन्तरिक र वाहय रुपमा बलियो बनाउन जगेडा कोषलाई ध्यान दिएको उनले जनाए। संस्थाको गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी १ करोड ६५ लाख, कोषहरु १ करोड ७३ लाख,बचत संकलन १२ करोड २३ लाख र ऋण लगानी १३ करोड ५५ लाख पुगेको छ । संस्थसाले यस अवधिमा ४३ लाख १० हजार खुद बचत गर्न सफल भएको छ ।गत बर्षको नाफाबाछ सदस्यलाई १२.५० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।
संस्थाले चार बर्षे रणनीति तयार गरी संस्थालई सबल र दिगो बनाउन लागेको जनाएको छ । सदस्यहरुलाई ३६५ दिने सेवा प्रदान गर्दै आएको संस्थाले मोबाईल बैकिङ्ग,लघुवित्त,ऋणीको बीमा,सदस्य राहत कोष र आकस्मिक घटना सापटी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।