सोमबार, कार्तिक १० गते २०८३

जनमुखी सहकारी संस्थाको अध्यक्षमा पुनः माधव दहाल

आश्विन ८, २०८१ मंगलबार
जनमुखी सहकारी संस्थाको अध्यक्षमा पुनः माधव दहाल


जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले आगामी ४ बर्षे कार्यकालको लागि माधवप्रसाद दहालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थाको बरिष्ठ उपाध्यक्षमा गीताकृष्ण शर्मा, उपाध्यक्षमा कृष्णकुमारी बस्नेत र सचिवमा लक्ष्मण चौलागाई निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी संस्थाको सह सचिवमा मोहन कुमार खड्का,कोषाध्यक्षमा तोयानाथ दहाल र सदस्यहरुमा सुमन कुमार मोक्तान,यज्ञराज खतिवडा,मन्दिरा दहाल,सुशिला खतिवडा, रमेश बस्नेत,तारादेवी बस्नेत,प्रेम प्रसाद न्यौपाने,अर्जुन काफ्ले,सावित्री घिमिरे,कमलप्रसाद चौलागाई र गीता भुजेल चयन भएका छन् । सस्थाले सेवा केन्द्रका आधारमा प्रतिनिधित्व हुने गरी सञ्चालक समिति चयन गरेको जनाएको छ । संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा माधव प्रसाद दहाल र सदस्यहरुमा विन्दा पराजुली र केशव प्रसाद दहाल निर्विरोध निर्वाचित भएको निर्वाचन उप समितिका संयोजक देवीप्रसाद शर्माले जानकारी दिए । संस्थाले सदस्यहरुको सहजतालाई मध्यनजर गरेर चार वटा इकाईमा साधारण सभा सम्पन्न गरेको जनाएको छ ।

 सभामा अध्यक्ष दहालले सदस्यहरुको हितलाई प्राथमिकतामा राखेर वित्तीय पारदर्शिता र अनुशासनमा रहेर संस्थाले वित्तीय कारोबार गर्दै आएको बताए । संस्थाले ग्रामीण र दुरदराजका जनतालाई समेत वित्तीय सेवा प्रदान गर्न  सेवा  केन्द्र विस्तार गरेको सो अवसरमा जानकारी दिए । सहकारी सिद्धान्तलाई आत्मसात गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिकस्तर वृद्धि गर्न संस्थाले काम गर्दै आएको उनले बताए । सभामा सचिव  लक्ष्मण चौलागाईले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्षमा संस्थाले गरेका गतिविधिका बारेमा सभामा जानकारी दिएका थिए ।

‘गुणस्तरीय व्यवसायिक, विश्वसनिय र दिगो सहकारी  संस्था’ को परिकलपना र ‘ सहकारी सुशासनमा रही प्रविधिमैत्री  वित्तीय सेवा मार्फत सदस्यहरुको आर्थिक जीवनस्तर उकास्ने’ ध्येयका साथ चार बर्षे रणनीतिक योजना तयार गरको उनले बताए । संस्थाका कोषाध्यक्ष राजन के.सी.ले आ.व. २०८०÷८१ को वित्तीय विवरण प्रस्तुत गर्दै शेयर सदस्य २२ हजार ६ सय, शेयर पुँजी १० करोड ९६ लाख १४ हजार, संस्थागत पुँजी ९ करोड २ लाख ३२ हजार, बचत संकलन १ अर्ब १० करोड ८० लाख, ऋण लगानी १ अर्ब  २ करोड ९५ लाख र खुद बचत १ करोड ७ लाख ८५ हजार गरेको जानकारी दिए । संस्थाले सदस्य हित कार्यक्रम, विद्यार्थी छात्रवृति कार्यक्रम, सामाजिक तथा मानविय कार्यक्रम,सदस्य सम्मान तथा पुरस्कार जस्ता थुप्रै कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संस्थाका व्यवस्थापक भेष बहादुर मिजारले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्न संस्थाले प्रविधिको प्रयोगलाई आत्मसात गरेर अगाडि बढेको बताए । संस्थाले नेफ्स्कूनले  सञ्चालन गरेको प्रोवेशन ब्राण्ड पाइसकेको र अहिले  अक्कुले सञ्चालन गरेको एक्सेस ब्राण्ड कार्यक्रममा सहभागि भएको उनले जानकारी दिए ।

460930315_926886426149553_5529083950561467252_n.jpg