सोमबार, कार्तिक १० गते २०८३

एक्सप्रेस साकोसको १६ औं वार्षिक साधारणसभा  तथा स्थापना दिवस सम्पन्न


भाद्र २६, २०८१ बुधबार
एक्सप्रेस साकोसको १६ औं वार्षिक साधारणसभा  तथा स्थापना दिवस सम्पन्न


एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले  बार्षिक साधारणसभा तथा  वार्षिकोत्सव कार्यक्रम  सम्पन्न गरेको छ ।  संस्थाका अध्यक्ष ईश्वर के.सी. को सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरीवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उपस्थितिमा सदस्यहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै संस्थाले आफ्नो १६ औं बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न  गरेको हो ।

संस्थाका सचिव उद्धव प्रसाद तिमल्सिनाले आ.व. २०८१/०८२ को लक्ष्य सहितको आ.व. २०८०/०८१ को सचिवको प्रतिबेदन र कोषाध्यक्ष प्रेम कुमार लामाले आ.व. २०८१/०८२ को बार्षिक बजेट सहित आ.व. २०८०/०८१ को वित्तिय विवरण र लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए ।  त्यसैगरी लेखा तथा सुपरीवेक्षण समितीका संयोजक पुजन श्रेष्ठले लेखा समितिको प्रतिबेदन प्रस्तुत  गरेका थिए ।  संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति ईश्वर के.सी.ले आफ्नो मन्तब्य राख्दै  संस्थाप्रति सदस्यहरुले  देखाएको विश्वास र सद्भावले गर्दा नै आज एक्सप्रेस साकोस सदस्यहरुको माझमा पहिचान बनाउन सकेको बताए । सदस्यहरुलाईे सहज, सरल र सुरक्षित सेवा दिएर  आफ्नो विश्वास कायम गर्न सकेको उनले बताए  अध्यक्ष के.सी.ले ऐन–नियम र विनियमको परिधिमा रहि स्तरीय र दिगो संस्था बनाउन लागि परेको जानकारी दिँदै सदस्यहरुलाई केन्द्रमा राखिपूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता उनले जनाए ।

संस्थाको आ.व. ०८०/०८१ को अन्त्यसम्म कुल सम्पत्ति तथा दायित्व रु.२३ करोड ४३ लाख२२ हजारपुगेको छ  । संस्थामा शेयर पूँजी  करोड ८१ लाख ६२ हजार रहेको छ । पल्र्स रिपोर्ट अनुसार संस्थामा ३१.३९ प्रतिशत  तरलता रहेको छ भने संस्थागत पूँजी १०.१७ प्रतिशत पुगेको छ । यस आ.व.मा संस्थाले संचालन मुनाफा रु.७७ लाख८३ हजार  सफल भएको छ । संस्थाले जगेडा लगायत अन्य कोष हिसावहरुमा आ.व. को अन्यसम्ममा रु. ३ करोड ५०लाख ४८ हजार पुर्याउन  सफल भएको छ । संस्थाले आ.व. २०८०/०८१ मा विभिन्न शिर्षक मार्फत राज्यकोषलाई १४लाख ४५ हजार बराबरको कर योगदान गरेको छ ।

459102519_853913976880836_1136740412163248150_n.jpg

संस्थाका  प्रमुख कार्यकारी अधिकृत अरुण थापाले आफ्नो प्रतिबद्धता सहितको मन्तब्य राखेका थिए । वर्तमान समयमा संस्थाले आफ्ना गतिविधिहरु सकारात्मक ढंगबाट परिचालन गर्न सके मात्र समग्र सहकारी अभियान सुदृढ हुन  गई संस्था र सदस्य दुवैको सामाजिक, साँस्कृतिक र वित्तीय जीवन सरल, सहज भई बजारमा समेत आर्थिक गतिविधी चलायमान हुने उनको भनाई छ ।  सकारात्मक सोच आजको आवश्यकता हो भन्दै एक्सप्रेस साकोसले स्थानीय संस्थाको रुपमा आफ्ना सदस्यहरु माझमा कारोबारको दृष्ट्रिकोणले विश्वास र सद्भावको वातावरण सृजना गरि सरल, सहज र सुरक्षित सहकारी संस्थाको रुपमा परिचय बनाउन सदस्यहरुको  उल्लेख्य भुमिका रहेकोसंस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले बताए ।