सोमबार, कार्तिक १० गते २०८३

सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपियाे


भाद्र १९, २०८१ बुधबार
सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपियाे

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद थप भएको छ । समितिले प्राप्त गरेको तथ्य पुष्टि र प्रतिवेदन लेखनका लागि भन्दै प्रतिनिधि सभाले १५ दिन  म्याद थपिदिएको हो । समिति सभापति सूर्य थापाले म्याद थपका लागि राखेको प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

सहकारीको रकम हिनामिनामा तत्कालीन बहालवाला गृहमन्त्री रवि लामिछानेकोसमेत नाम जोडिएपछि तत्कालिन प्रतिपक्षी दलहरूको मागमा समिति गठन भएको थियो । जेठ १५ गते गठित समितिले जेठ २२ गतेदेखि काम सुरु गरेको थियो । तीन महिनाको अवधि सकिएपछि थप १५ दिन थपिएको हो ।

समितिले हालसम्म ५१ बैठक सम्पन्न गरिसकेको जनाएको छ । समितिले समस्याग्रस्त सहकारीका सञ्चालक, पीडित सदस्यका प्रतिनिधि, विभिन्न सरकारी कार्यदलका प्रमुख र सदस्य, सुरक्षा निकाय, पालिका लगायत अन्य सरोकारवाला विभिन्न पक्षसँग रायसुझाव, सोधपुछ, जानकारी आदानप्रदान गरेको छ ।