सोमबार, कार्तिक १० गते २०८३

सहकारीको सिद्धान्त गलत छैनः उपसभामुख राना मगर


भाद्र १८, २०८१ मंगलबार
सहकारीको सिद्धान्त गलत छैनः उपसभामुख राना मगर

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले सहकारीको सिद्धान्त गलत नभको बताएकी छिन् । पछिल्लो समय सहकारी क्षेत्रमा परेको वित्तीय संकटले सहकारी नै गलत हो की भन्ने भाष्य सिर्जना भएको उनले बताइन् । उपसना महिला बचत तथा ऋण सहकारी संस्थाले तीजको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख राना मगरले विश्वले नै सहकारी क्षेत्रलाई आत्मसात गरेर अगाडि बढेको र सहकारीको माध्यमबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकेको उल्लेख गरिन ।

\नेपालमा पनि सहकारीको महत्व कम नरहेको भन्दै उनले केही व्यक्तिले सहकारीको सिद्धान्त भन्दा बाहिर गएर संस्था संञ्चालन गर्दा समस्या आएको बताईन् । सहकारीले महिला नेतृत्व, शसक्तिकरण, वित्तीय पहुँच, वित्तीय साक्षरता तथा समावेशिता निमार्णमा उल्लेख भूमिका खेलेको उनको भनाई छ । सहकारीमा सानो बचत गरी भविष्यको लागि पूँजी निमार्ण गर्न सक्ने भएकाले सदस्यहरुलाई आफुले सकेको बचत गर्न उनको आग्रह छ । फजुल खर्च घटाई भविष्यको लागि बचत गर्ने उत्तम माध्यम सहकारी भएको उनको धारणा छ । पुरुषको तुलनामा महिला इमान्दार हुने भन्दै उनले महिलाले सञ्चालन गरेका सहकारी बढी सुरक्षित रहेको बाइन । वैधानिक रुपमा व्यापार व्यवसाय गरी आर्थिक उन्नत्ति गर्न सक्ने भन्दै उनले यसका लागि सहकारीले ऋण दिएर सघाउनु पर्ने उनले जनाइन् ।

संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले ब्यवसायी सदस्यहरुलाई व्यवसाय दर्ता प्रकृया सम्बन्धि जानकारी तथा उपासना तिज २०८१ आयोजना गरेको बताइन् । उनले सदस्यहरुलाई ब्यवसाय दर्ता गरी सञ्चालन गर्दा हुने फाइदाका बारेमा जानकारी दिँदै सरकारले दिने अनुदान पहुँचवालाले मात्रै पाउने गरेको बताइन् । सहकारीले धेरै हद सम्म महिलालाई आर्थिक  क्रियाकलापमा सहभागि बनाएको भन्दै मर्हजनले शहर देखि गाउँसम्मका महिलाहरु सहकारी मार्फत आर्थिक क्रियाकलापमा सहभागि बनेको बताइन्  अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, असल ऋणी, नियमित बचतकर्ता, पत्रकार र दाम्पत्य बचत योजनामा सहभागी सदस्यलाई सम्मान गरेको थियो । 

457254283_1233364558006397_2388375809692860831_n.jpg