सोमबार, कार्तिक १० गते २०८३

एकीकृत फ्रेण्डसिप साकोसको वित्तीय साक्षरता शिविर तथा विस्तारित मञ्च सम्पन्न


भाद्र ११, २०८१ मंगलबार
एकीकृत फ्रेण्डसिप साकोसको वित्तीय साक्षरता शिविर तथा विस्तारित मञ्च सम्पन्न

 

दोलखा । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा वित्तीय साक्षरता शिविर तथा विस्तारित मञ्च सम्पन्न भएको छ ।  दोलखाको उमाकुण्ड गाउँपालिका वडा नं ४ प्रितिमा स्थित गाउँपालिका सभाहलमा प्रिति सेवा केन्द्रको आयोजनमा गरिएको उक्त कार्यक्रम संस्थाको वार्षिक कार्ययोजना २०८१र०८२ अनुसार गरिएको संस्थाले जनाएको छ ।

संस्थाका सञ्चालक समिति सदस्य तथा प्रिति सेवाकेन्द्र उपसमिति संयोजक धनराज लामिछानेको सभापतित्व र उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष श्री सावित्री सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका सहकारी विभाग प्रमुख रणबहादुर कार्की, सेवाकेन्द्र उपसमिति सदस्य श्री चन्द्रबहादुर खाती र भिममाया सुनुवार समेत उपस्थिति रहेको थियो । 

सो कार्यक्रमको सञ्चालन संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले गर्नु भएको थियो । कार्यक्रममा सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले प्रस्तुतिकरण एवं सहजीकरण गरेका थिए । 

कार्यक्रममा सूचना प्रविधि अधिकृत नवराज दाहाल, सेवाकेन्द्र प्रमुख मधु आचार्य, कर्मचारी मिनमाया  खड्का र सेवाकेन्द्रमा आवद्ध सदस्यहरु सहित ५८ जनाको सहभागिता रहेको थियो । कार्यक्रम वित्तीय साक्षरताका विविध विषयमा सदस्यहरुलाई जानकारी गराईएको थियो भने विस्तारित मञ्च अन्तर्गत संस्थाका गतिविधि, नीति, कार्यक्रम, सुझाव तथा गुनासोहरुका सन्दर्भमा सदस्यहरुसंग अन्तरक्रिया गरिएको थियो ।

ekikrit friendship  ko 2.jpg