सोमबार, कार्तिक १० गते २०८३

लक्ष्मी महिला साकोसद्वारा भावि सञ्चालकहरुको नेतृत्व विकास तालिम


श्रावण २७, २०८१ आइतबार
लक्ष्मी महिला साकोसद्वारा भावि सञ्चालकहरुको नेतृत्व विकास तालिम


लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले  भावि सञ्चालकहरुको नेतृत्व विकास तालिमको आयेजना गरेको छ । संस्थाकी अध्यक्ष  मैया महतको अध्यक्षतामा संस्थाकी  निवर्तमान अध्यक्ष तिर्थमाया प्रधानको प्रमुख अतिथि तालिम  सम्पन्न भएको हो । कार्यक्रम संञ्चालन  संस्थाकी  सचिव सकुन्तला श्रेष्ठले   गरेकी थिइन् भने स्वागत मन्तव्य एव कार्यक्रमको औचित्य  माथि  अध्यक्ष  मैया महतले प्रष्ट पारेकी थिइन् ।

 सो अवसरमा उनले भावि सञ्चालक समितिहरुलाई विगतका संघर्ष एव  आगामी  चुनौतीको बारेमा समेत प्रष्ट  पारेकी थिइन् । आगामी दिनमा संस्थालाई सबल र दिगो बनाउन  सबै सदस्यहरुको सधैब सक्रिय  सहभागिता आवश्यक पर्ने उनको भनाई छ । एक दिवसिय तालिमलाई प्रशिक्षक  कृष्ण प्रसाद आचार्यले सहजीकरण गर्दै  संञ्चालक समितिको योग्यता, क्षमता ,कर्तव्य र  भूमिका बारेमा  प्रष्ट पारेका थिए ।

उनले  संस्थामा उतरदायित्व एवं जिम्मेवारीको बारेमा  समेत सहभागिलाई  प्रशिक्षण दिए । तालिमको प्रमुख अतिथी  प्रधानले संस्थाको प्रारम्भिक अवस्थाबाट आजको दिनलाई फर्केर हेर्दा अत्यन्तै हर्ष लाग्ने बताइन् ।  सबैको  साथ सहयोगको परिणाम स्वरुप संस्थाले ठुलो फड्को  मार्न सफल भएको उनको भनाई छ  । कार्यक्रममा ४८ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

454522231_2762906953859436_8187548044655394857_n.jpg