सोमबार, कार्तिक १० गते २०८३

सिद्धार्थ सहकारीले मनायो १६ औं स्थापना दिवस


श्रावण २४, २०८१ बिहीबार
सिद्धार्थ सहकारीले मनायो १६ औं स्थापना दिवस


भक्तपुरको शंखधर चोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवस मनाएको छ ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कूनका)का अध्यक्ष  चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा १६ औं स्थापना दिवस मनाएको हो ।

अध्यक्ष ढकालले सहकारी मूल्य ,मान्यता र सिद्धान्तमा सञ्चालन भएका  संस्थाहरुमा  समस्या नआएको बताए । नेफ्स्कूने बचत तथा ऋण सहकारीहरुको लागि स्थिरिकरण र स्तरिकरण कार्यक्रम  ल्याएको भन्दै उक्त कार्यक्रममा आवद्ध हुने संस्थाहरु दिगोरुपमा सञ्चालन हुने प्रष्ट पारे । कार्यक्रममा बिशेष अतिथिको रूपमा चाणक्य कलेजका अध्यक्ष  चन्दन कृष्ण श्रेष्ठ  रहेका थिए ।

सचिव सोहन कायस्थले संचालन  गरेको संस्थाका संचालक समिति ,लेखा समिति ,विभिन्न समिति, उपसमिति ,सदस्य हरुको  कार्यक्रममा उपस्थिति रहेको थियो । संस्थाका  उपाध्यक्ष इन्द्र कृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेको  कार्यक्रममा कोषाध्यक्ष हिरामान शखदेवबाट संस्थाको हालसम्मको आर्थिक कारोबारका बारेमा जानकारी दिएका थिए । अध्यक्ष राजेश श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्दै संस्थाको विभिन्न गतिविधि र भावी कार्यक्रम सम्बन्धि जानकारीका साथै संस्थाका बचत तथा ऋण योजनाको बारेमा चर्चा गरेका थिए ।

संस्थाको  आर्थिक बर्ष २०८०/०८१ उत्कृष्ट बचत कर्तामा बिष्णु लक्ष्मी श्रेष्ठ, उत्कृष्ट ऋणी सदस्यमा लक्ष्मी कार्की, उत्कृष्ट कारोबारी सदस्यमा कृष्ण गोपाल श्रेष्ठ तथा जेष्ठ नागरिकको रूपमा जगतलक्ष्मी कायस्थलाई आगामी १६ औं बार्षिक साधारण सभामा सम्मान गर्ने घोषणा गरिएको संस्थाले जनाएको छ। संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी १६ औं स्थापना दिवस मनाएको हो । त्यस अवधिमा संस्थाले वित्तीय साक्षरता तथा स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो  । 

454400857_8242719615839426_1178592859051983878_n.jpg