सोमबार, कार्तिक १० गते २०८३

सहकारीको अर्बौ पुँजी विदेश पलायन, फिर्ता ल्याउने कानुन छैनः समिति सदस्य दाहाल


श्रावण २२, २०८१ मंगलबार
सहकारीको अर्बौ पुँजी विदेश पलायन, फिर्ता ल्याउने कानुन छैनः समिति सदस्य दाहाल


सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिका सदस्य लेखनाथ दाहालले सहकारीबाट ठगी भएको पुँजी पलायन भएको बताएका छन् । आज पत्रकारहरुसँग भएको छलफलमा बोल्दै उनले सहकारीको अर्बौ पुँजी विदेश पलायन भएको र फिर्ता ल्याउने कानुनी आधार नभएको समेत प्रष्ट पारे ।

विदेश गएको अर्बौ पुँजी फर्काउने कानुन नहुँदा सदस्यको बचत फिर्ता गर्न समस्या हुने उनको भनाई छ । अरुको देशको कोत के कुरा भारतमा गएको पुँजी समेत फिर्ता ल्याउन नसक्ने उनले जनाए । सिमित सहकारीले सदस्यको बचत अपचल गरेको भए पनि समाजमा रहेका अधिकांश सहकारीले सदस्यको हितमा काम गरेको उनको बुझाई छ ।

सहकारी मार्फत पुँजी निर्माण भए पनि पुँजी परिचालनको विधि नहुँदा जथाभावी लगानी  गरेकाले अहिलेको समस्या आएको उनको बुझाई छ ।   सहकारी अभियान सिमित व्यक्तिको कब्जामा रहेको समेत उनले जनाए ।