सोमबार, कार्तिक १० गते २०८३

ज्ञानज्योति महिला उत्थान साकोसको आयोजनमा प्रोबेशन बागमती दोस्रो क्लष्टरको २६औं कार्यशाला सम्पन्न

श्रावण २१, २०८१ सोमबार
ज्ञानज्योति महिला उत्थान साकोसको आयोजनमा प्रोबेशन बागमती दोस्रो क्लष्टरको २६औं कार्यशाला सम्पन्न


काठमाण्डाै । प्रोवेशन बागमती दोस्रो क्लस्टरको २६औं कार्यशाला सम्पन्न भएको छ । प्रोबेशन कार्यक्रममा आवद्ध साकोसहरुबी सिकाई आदानप्रदान, कार्यकुशलता तथा सिकाई व्यवस्थापनका लागि कार्यशाला गर्ने गरिन्छ ।

ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था  र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा श्रावण २० गते सञ्चालित कार्यशालामा यस क्लस्टरमा आबद्ध ९ साकोसका ४१ प्रतिनिधिहरु सहभागी रहेका थिए । 

कार्यशालामा आयोजक साकोसका अध्यक्ष बिना बुद्धाचार्यको अध्यक्षता र नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेफस्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले सहजीकरण गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि अधिकारीले प्रोवेशन कार्यक्रम सरकारको अपनत्व भएको कार्यक्रम हो यस कार्यक्रममा आवद्ध भएपश्चात केहि संस्था परिस्कृत र केहि पुरस्कृत भएको बताए । नेफ्स्कून विश्वका सर्वोच्च सहकारी र साकोस अभियानसँग प्रत्यक्ष जोडिएको भन्दै उनले भने, “सदस्य संघसंस्थाको सुरक्षा, प्रवद्र्धन र विकासमा विश्वका सहकारी अभियानले ल्याएका हरेक टुल्स र पद्धतिहरु नेफ्स्कूनले आन्तरिकीकरण गरिरहेको छ । यो वर्ष सहकारी अभियानको छवि निर्माण र विश्वास जागरणको वर्ष हो । साकोस अभियानको साख र गरीमा बचाउने काम स्तरीकरण कार्यक्रममा जोडिएका संस्थाहरुले गरिरहेका छन् । अब नेफ्स्कूनले जिम्मा लिने गरी सदस्य संघ संस्थालाई  कार्यक्रममा आवद्धता गर्ने लक्ष्य लिइएको छ ।”

कार्यक्रमको बारेमा विस्तृत जानकारी गराउँदै आयोजक ज्ञानज्योति साकोसका अध्यक्ष बिना बुधाचार्यले कार्यशाला सहभागिहरुलाई स्वागत गरेकी थिइन् । नेफ्स्कूले सहकारीको आयकर घटाउनको लागि बहस पैरवी गर्नुपर्ने धारणा राख्दै समुदायमा आधारित संस्थाको पहिचान र सहकारीको वर्गिकरणमा भूमिका खेल्नुपर्ने जनाइन् । संस्थाकी कोषाध्यक्ष कविता राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।