सोमबार, कार्तिक १० गते २०८३

श्री महिला तरकारी व्यवसायी सहकारीलाई सहकारी बैंकको नियमित  कारोबार सम्मान


श्रावण २०, २०८१ आइतबार
श्री महिला तरकारी व्यवसायी सहकारीलाई सहकारी बैंकको नियमित  कारोबार सम्मान

 कालीमाटीमा  रहेको श्री महिला तरकारी व्ववसायी बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंकको २२ औं स्थापना दिवसको अबसरमा संस्था नियमित कारोबार तर्फ सम्मानित भएको हो ।

बैंकले २० औं साधारणसभामा घोषणा गरेको सम्मान तथा पुरस्कार हिजो विरतण गरेको हो । एक औंपचारिक कार्यक्रमको आयोजना गरी बैंकले सम्मान तथा पुरस्कार वितरण गरेको  थियो । संस्थाले प्रकाशित गरेको गत आर्थिक बर्षको असार मसान्तसम्मको वित्तीय विरण अनुसार  शेयर पुँजी बचत, संकलन र जगेडा कोषमा समेत वृद्धि भएको छ ।

संस्थाले गत असारमसान्त सम्ममा शेयर पुँजी १०.२४ प्रतिशतले वृद्धि गरी ३ करोड ४५ लाख, बचत संकलन ७३.८९ प्रतिशतले वृद्धि गरी  २४ करोड ८८ लाख ५४ हजार र जगेडा कोष ६.२९ प्रतिशतले वृद्धि गरी २ करोड ९  लाख ३१  हजार पुगेको छ । संस्थाको लगानीमा रहेको ऋण २४ करोड ६ लाख २६ हजार,कुल संस्थागत पुँजी २ करोड ४० लाख ६० हजार र विभिन्न कोषमा १ करोड ५३ लाख ४० हजार पुगेको छ । १ हजार ५६९ सदस्य रहेको संस्थाको कुल सम्पत्ति ३३ करोड ६७ लाख  ६७ हजार पुगेको छ ।