राजविराजमा रहेको आईडियल सहकारी संस्था स्थापनाको २५ औं वर्ष पूरा गरी २६ औं वर्षमा प्रवेशमा गरेको छ । सो अवसरमा प्रतिवद्धता जारी गर्दै संस्थाका अध्यक्ष गणेश कुमार आशले संस्थालाई आधुनिक प्रविधिमैत्री ढंगवाट संचालन गर्ने बताए
। अध्यक्ष आशले संस्था स्थापना गर्ने परिकल्पनाकार,संस्थापक,पूर्व संचालक समिति ,शेयर सदस्य,कर्मचारी,संचालक समिति,लेखा समिति,अन्य उप समिति, नियमनकारी निकाय,अभियान तथा सबै शुभ चिन्तकहरुलाई शुभकामना तथा धन्यवाद समेत व्यक्त गरेका छन् । १६ हजार ३३६ जना सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाको कुल सम्पत्ति १ अर्ब ३४ करोड माथी पुगेको छ । संस्थाको संस्थागत पुँजी ११ करोड १४ लाख ६० हजार पुगेको छ भने कोषहरुमा ५ करोड २१ लाख रकम माथी रहेको छ ।
समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको उक्त संस्था विभिन्न संघ संस्थाबाट समेत सम्मानित भइसेको छ । वित्तीय संक्टका बीचमा पनि सदस्यको विश्वास जितेका कारण तरलता लगायतको कुनै समस्या झेल्नु नपरेको संस्थाले जनाएको छ ।
नेपालपत्र संवाददाता