सर्लाहीको हरिवनमा रहेकोसगुन बचत तथा ऋण सहकारी संस्थाले रजत जयन्ति अर्थात २५ औं स्थापना दिवसको अवसरमा सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाको अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जवहारलाल कुशवाहको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी र उपप्रमुख हरिमाया घलानको विशिष्ट आतिथ्यता रहेका थियो ।
उक्त कार्यक्रमा वडा नं. ४ को वडाध्यक्ष तथा सहकारी विभाग प्रमुख केशवराज थापा , वाड नं. १ को वडाध्यक्ष तथा संस्थाको सल्लाहकार टम बहादुर तमाङ, हरिवन नगर सहकारी संजालको संयोजक राम प्रसाद घिमिरेको आतिथ्यतामा कार्यक्रम भएको हो । सोही अवसरमा २५ औं बसन्तको अबसरमा रजत जयन्ति लोगो आधिकारीरुपमा प्रकाशन गरिएको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता सम्मान, उत्कृष्ट नियमति बचत कर्ता सम्मान, उत्कृष्ट ब्यवसायी सम्मान, उत्कृष्ट बाल बचत सम्मान १० जना र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा पुर्व लेखा समिति सदस्य जय शंकर सिंह, सल्लाहकार डोर प्रसाद भट्टराई, सल्लाहकार बिदुर कुमार प्याकुरेल, संजाल अध्यक्ष राम प्रसाद घिमिरे, संस्थापक अध्यक्ष बाबुराम घिमिरे, जिल्ला बचत संघको अध्यक्ष मन्दिरा आचार्य, वडाध्यक्ष केशवराज थापा,उपमेयर हरिमाय घलान, मेयर रमेश बुढाथोकीले शुभकामाना मन्तब्य राखेका थिए ।

कार्यक्रममा उपाध्यक्ष तारा देबी सुबेदीले स्वागत, संस्थाको वित्तीय अवस्था बारे कोषाध्यक्ष विनोद कार्की र संचाल सचिव राजकुमार उप्रेतीले गरेका थिए । प्रमुख अतिथि जवारलाल कुशवाहले सहकारीहरुमा सगुन नीति विधिमा चल्ने जिल्लाकै उत्कृष्ट सहकारी रहेको बताए ।कार्यक्रमको अध्यक्ष केशव प्रसाद ढकालले सदस्यहरुलाई अहिलेको भन्दा बढी सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाए । कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति, सदस्य तथा बाल बचत कर्ता,कर्मचारी लगायत गरी १०० जनाको उपस्थिति रहेको थियो ।
नेपालपत्र संवाददाता