सगुन बचत तथा ऋण सहकारी संथा मधेश प्रदेशको उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंकले २२ औं स्थापना दिवसको अवसरमा सगुन सहकारीलाई मधेस प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा सम्मान गरेको हो।
प्रदेश मुख्यमन्त्री शतिस कुमार सिंहले एक कार्यक्रमका बिच संस्थाको अध्यक्ष केशव प्रसाद ढकाल लगायतको पदाधिकारी संचालकलाई सम्मान गरेको हो ।
बैंकले २० औं बार्षिक साधारण सभामा छनौट गरि स्थापना दिवसमा उक्त सम्मान प्रदान गरिएको हो । संस्थाले सहकारीको विकास, प्रवर्दन र सामाजिक रुपान्तरणमा पुर्याएको उच्च मुल्याँकन गर्दै उत्कृष्ट प्रादेशिक सम्मान प्रदान गरेको संस्थाले जनाएको छ।
नेपालपत्र संवाददाता