सोमबार, कार्तिक १० गते २०८३

नवजागरण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट संस्था घोषित


श्रावण १५, २०८१ मंगलबार
नवजागरण सहकारी संस्था बागमती प्रदेशकै उत्कृष्ट संस्था घोषित

सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको नवजागरण बचत तथा ऋण सहकरी संस्थाले एक पछि अर्को सफलता हात पारेको छ । संथागत सुशासन कायम गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा खेलेको भूमिका कारण संस्थाले सफलता  हात पर्न सकेको हो ।

यस अघि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफस्कून), जिल्ला सहकारी संघ, बचत तथा ऋण सहकारी संघ र तत्कालिन डिभिजन सहकारी कार्यालयबाट उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान पाइसेकेको  संस्था  हालै मात्र बागमती प्रदेशभरको उत्कृष्ट संस्थाको रुपमा घोषित भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ(बागमती प्रोस्कून)ले ५ औं स्थापना दिवसको अवसरमा  संस्थालाई बागमती प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा घोषणा गरेको हो  सदस्यहरुलाई आधुनिक प्रविधिको माध्यमबाट गुणस्तरीय  वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाको सबै भन्दा बलियो पक्ष संस्थागत पुँजी रहेको छ ।

संस्थाको  गत असार मसान्तसम्म ६ करोड  ४२ लाख  संस्थागत पुँजी पुगेको छ । त्यसैसैगरी  शेयर पुँजी ४ करोड ४८ लाख ४० हजार,   जगेडा कोष ६ कररोड ४७ लाख,    बचत संकलन ५८ करोड ३३ लाख ५३ हजार, ऋण लगानी ३९  संस्थाको विभिन्न बैक तथा वित्तीय संस्थामा गरेको लगानी २७ करोड ५८ लाख ७७ हजार पुगेको छ ।९ हजार ८६४ जना शेयर सदस्य रहेको संस्थामा ७३० जना सदस्यले ऋण उपभोग गरेको छन् ।