सोमबार, कार्तिक १० गते २०८३

रजत जयन्तीको अवसरमा सगुन सहकारीले हाजिरी जवाफ गर्ने, श्रावण १५ गतेसम्म नाम दर्ता गर्नुपर्ने


श्रावण १०, २०८१ बिहीबार
रजत जयन्तीको अवसरमा सगुन सहकारीले हाजिरी जवाफ गर्ने, श्रावण १५ गतेसम्म नाम दर्ता गर्नुपर्ने


सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । संस्थाले २५ औं रजत जयन्तिको अवसर पारेर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको व्यवस्थापक रविन्द्र रानाले जानकारी दिए । संस्थाले सामुदायिक उत्तरदायित्व वहन गर्ने उदेश्यले हाजिरी जवाफ गर्ने उनले बताए । हाजिरी जवाफ प्रतियोगितामा इच्छुक सामुदायिक तथा संस्थागत विद्यालयहरुले श्रावण १५ गते भित्र २ जना सहभागिको नाम दर्ता गर्नुपर्ने छ ।

 हाजिरी जवाफमा सहभागि हुने विद्यार्थीसँग सगुन सहकारीको जानकारी,सहकारीको ज्ञान,इतिहास, भुगोल,सूचना प्रविधि, आईक्यु र समसामयिक घटनाका बारेमा जानकारी हुनपर्ने छ । प्रतियोगितामा सहभागि भएर प्रथम,द्धितिय,तितृय र सान्तवना हुने विद्यार्थीहरुलाई क्रमश ६ हजार ६६६ ,५ हजार ३३३, ४ हजार र २ हजार ६६६ नगद पुरस्कार प्रदान गर्ने संस्थाले जनाएको छ । त्यसैगरी सहभागि विद्यालयलाई मायाको चिनो र यातयात खर्च समेत उपलब्ध गराउने संस्थाले जनाएको छ ।