सोमबार, कार्तिक १० गते २०८३

बंगलामुखी सहकारीको कुल सम्पति १ अर्ब ४१ करोड माथी


श्रावण ६, २०८१ आइतबार
बंगलामुखी सहकारीको  कुल सम्पति १ अर्ब ४१ करोड  माथी

बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको  शेयर पुँजी १४ करोड ५० लाख माथी रहेको छ । संस्थाले प्रकाशित गरेको आर्थिक बर्ष २०८०/८१ को असार मसान्तको वित्तीय विवरण अनुसार शेयर पुँजी १४ करोड नाघेको हो ।

त्यसैगरी संस्थाको जगेडा कोष २ करोड ७१ लाख ५३ हजार ,संस्थागत पुँजी ३ करोड र अन्य कोषहरुमा ६८ लाख ६० हजार रहेको छ । असार मसान्तसम्म  बचत संकलन १ अर्ब १० करोड ९८ लाख रहेको छ भने ऋण लगानी १ अर्ब ५ करोड २३ लाख  पुगेको छ ।संस्थाका प्रमुख कार्यकारी अधिकृत जगत कृष्ण श्रेष्ठले आर्थिक मन्दीका बीचमा पनि बचत संकलन र ऋण लगानी राम्रो भएको बताए ।

संस्था समुदाय र सदस्य केन्द्रीत रहेर कारोबार गर्दै आएका कारण सदस्यहरुले सहकारीमा विश्वास गरेर नियमित रुपमा कारोबार गरेको उनले जानकारी दिए । संस्थाको कुल सम्पति १ अर्ब ४१ करोड ३० लाख ७४ हजार पुगेको छ । ३ हजार ५ सय ७२ सदस्य रहेको संस्थामा ४९० जनाले  मात्र ऋण उपभोग गरेका छन् । संस्थामा १७.८० प्रतिशत अर्थात१७ करोड ८२ लाख ५३ हजार तरलता रकम रकम रहेको  छ।