प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका पीडित बचतकर्तालाई न्याय दिने बताएका छन् । आज प्रतिनिधिमा बैठकमा विश्वासको मत लिदै उनले सहकारी पीडितका लागि सरकारले उचित निर्णय लिने बताए ।
प्रधानमन्त्री ओलीले सहकारी मार्फत सदस्यको बचत अपचलन गर्ने जो कोहीलाई कानुनी कारवाही गर्ने बताए । सहकारी ठगहरुलाई कानुनको कठाघरमा ल्याएर सदस्यको बचत फिर्ता गर्न सरकार लागि पर्ने पनि उनको भनाई छ । सहकारी संस्थाहरुको प्रभावकारी नियमन गर्ने र सहकारीमा जम्मा भएको बचतलाई सही ढंगले परिचालन गर्ने समेत उनले बताए ।
प्रभावकारी नियमनको अभावमा सहकारीका सञ्चालकहरुले सदस्यको बचत अपचलन गर्ने क्रम बढेर गएको छ । यता सदस्यहरुले आफुले सहकारीमा राखेको बचत फिर्ता नपाएको भन्दै सड्क आन्दोलन गर्दै आएका छन् ।
नेपालपत्र संवाददाता