सोमबार, कार्तिक १० गते २०८३

जनसचेतन सहकारीको कुल सम्पत्ति २ अर्ब ६३ करोड नाघ्यो


श्रावण ४, २०८१ शुक्रबार
जनसचेतन सहकारीको कुल सम्पत्ति २ अर्ब ६३ करोड नाघ्यो


जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्म कुल सम्पति २ अर्ब ६३ करोड  ७० लाख ३६ हजार पुगेको छ ।

संस्थाको शेयर पुँजी १५ करोड ९३ लाख,जगेडा कोष १७ करोड ६५ लाख ९ हजार र कुल संस्थागत पुँजी १७ करोड ८७ लाख ५३ हजार पुगेको छ ।  विभिन्न कोषमा ११ करोड ७९ लाख ८४ हजार रहेको  संस्थाको कुल बचत १ अर्ब ९५ करोड २६ लाख ९६ हजार पुगेको छ । त्यसैगरी संस्थाले १ अर्ब ६८ करोड ९५ लाख २९ हजार ऋण लगानी गरेको छ । संस्थामा २७ हजार ९२५ जना सक्रिय सदस्य रहेका छन् ।

ती सदस्यहरुले मासिक रुपमा बचत गर्ने गरेको र  कुल बचतमा मासिक बचतको हिसां ५० प्रतिशत  हारहारीमा रहेको छ । संस्थाबाट ३ हजार ४२३  जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् । संस्थामा ३१.९५ प्रतिशत अर्थात ६२ करोड ३९ लाख तरलता रहेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार हरेक महिना वित्तीय विवरण प्रकाशित गर्दै आएको छ ।   समुदाय र सदस्यबीच वित्तीय कारोबार गर्दै आएको संस्थाले सहकारी अभियानमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।