सोमबार, कार्तिक १० गते २०८३

सहकारी बैंकद्वारा ब्याजदर परिवर्तन, बचतमा अधिकतम ७ र कर्जामा १० प्रतिशत


श्रावण ४, २०८१ शुक्रबार
सहकारी बैंकद्वारा ब्याजदर परिवर्तन, बचतमा अधिकतम ७ र कर्जामा १० प्रतिशत

नयाँ आर्थिक वर्ष लागेसँगै राष्ट्रिय सहकारी बैंक लिमिटेडले ब्याजदर परिवर्तन गरेको छ। २०८१ साउन ४ गते देखि लागु हुनेगरी बैंकले बचत तथा कर्जाको शीर्षकहरूमा ब्याजदर परिवर्तन गरेको हो ।

बैंकद्वारा प्रकाशित सूचना अनुसार बैंकले बचततर्फ न्युनतम १.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । जसमा साधारण बचतमा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम १.७५ प्रतिशत तोकिएको छ । विशेष बचतमा २ प्रतिशत, सुपर बचतमा न्युनतम २.२५ प्रतिशतदेखि अधिकतम २.७५ प्रतिशतसम्म, एनसिबिएल समुन्नत बचत खातामा न्युनतम २.२५ प्रतिशतदेखि अधिकतम २.७५ प्रतिशतसम्म र एनसिबिएल प्रिमियम बचत खातामा २.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

त्यस्तै बैंकले अनिवार्य नियमित बचतमा ६.५० प्रतिशतदेखि ७ प्रतिशतसम्म, क्रमिक बचतमा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत र मुद्दती निक्षेपमा ४.५० प्रतिशतदेखि ५.५० प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

कर्जातर्फ बैकले ७ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ ।

त्यस्तै मुद्दती निक्षेपको बिड रेट ५.५० प्रतिशतसम्म प्रस्ताव गर्न सकिने छ। अपाङग, दलित र महिलाद्वारा मात्र सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने बैंकले जनाएको छ । साथै यस्तो सुविधा दोहोरो रुपमा प्रदान नगरिने समेत बैंकले उल्लेख गरेको छ ।

ncbl rate.jpg