सोमबार, कार्तिक १० गते २०८३

सहकारी मन्त्रीमा फेरी आए बलराम अधिकारी, उनका सामु कम छैन चुनौतिका चाङ्ग

आषाढ ३१, २०८१ सोमबार
सहकारी  मन्त्रीमा फेरी आए बलराम अधिकारी, उनका सामु कम छैन चुनौतिका चाङ्ग

भूमि व्यवस्था, सहकारी तथा  गरिबी निवारण मन्त्रीमा बलरामा अधिकारी नियुक्त भएका छन् । यस अघि पुष्पकमल दाहाल (प्रचण्ड)  सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारी  समालेका अधिकारीले पहिला कै मन्त्रालय  पाएका हुन् । नेकपा एमालेबाट मन्त्री बनेका अधिकारीले यस अघिको सरकारमा समेत सोही मन्त्रालयको जिम्मेवारी  सम्हाँलेकाले सहकारी क्षेत्रको समस्याको बारेमा राम्रै ज्ञान हाँसिल गरिसकेका छन् । 

 कोभिड १९ र रुस युक्रेन युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीको असर नेपालको अर्थतन्त्रमा समेत परेकाले त्यसको प्रत्यक्ष असर सहकारी क्षेत्रमा परेको छ । जसकारण अहिले ठुलो रुपमा वित्तीय कारोवार गर्दै आएका सहकारी संस्थाहरुले  सदस्यको बचत फिर्ता गर्न नसक्दा यो क्षेत्र नै वदनाम हुन पुगेको छ । सदस्यले सहकारीमा जम्मा गरेको बचत फिर्ता  गराउनु सरकारको दायित्व त  छदैछ । यस अघिका सरकारले पीडित बचतकर्तासँग गरेको सहमति पुरा गर्नु मन्त्री अधिकारीका लागि उतिकै चुनौति रहेको छ । ।  बचत फिर्ता गराई सदस्यलाई न्याय दिनु उनका लागि तेति सहज भने देखिदैन ।

त्यसैगरी सहकारी ऐनमा व्यवस्था भएका कतिपय कानुनी व्यवस्थालाई कार्यान्वयनमा ल्याउनु मन्त्री अधिकारीका लागि अर्को चुनौति रहेको छ । सहकारी ऐन २०७४ आएको लामो समय वित्दा समेत ऐनमा भएका व्यवस्था लागु नभएको भन्दै सहकारी अभियानले आवाज उठाउँदै आएको छ । कर्जा सूचना केन्द्र,  ऋण असुली न्यायधिकरण, बचत तथा कर्जा सुरक्षण कोष, दोस्रो तहको नियामक निकाय (एसटिआई) र बचत  तथा ऋण सहकारी संस्थाका लागि छुट्टै ऐन सहकारी अभियानले उठाएका मुख्य मुद्दा हुन् । तिनको कार्यान्वयनमा ल्याउनु पनि उनको लागि चुनौति र दायित्व दुबै  रहेको छ । त्यसका साथै सहकारी अभियानलाई पारदर्शि बनाउँदै सदस्यको बचतको सुरक्षा गर्ने र सहकारी क्षेत्रको गुमेको  शाखलाई स्थापित गर्न समेत मन्त्री अधिकारीले विशेष भूमिका खेल्ल्नुपर्ने देखिएको छ । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता