सोमबार, कार्तिक १० गते २०८३

पन्ध्रौं बर्षमा शुभप्रवा सेभिङ्ग, सदस्यहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता


आषाढ १७, २०८१ सोमबार
पन्ध्रौं बर्षमा शुभप्रवा सेभिङ्ग, सदस्यहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता


शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिटको अपरेटिभ लिमिटेड स्थापनाको १५ औं बर्षमा प्रवेश गरेको छ । काठमाडौं जिल्लालाई कायक्षेत्र बनाएर सदस्यहरुलाई दिगो एंव गुणस्तरीय वित्तीय सेवा  प्रदान गर्दै आएको  शुभप्रवा स्थापनाको  १५ औं बर्षमा  प्रवेश गरेको हो । सदस्यहरुको दृढ विश्वास,सहयोग र उत्साहजन सहभागिताले संस्थाको ख्याती तथा वित्तीय सुंचाकहरुमा समेत मजवुद बनाउदै लैजान सकेको संस्थाले जनाएको छ ।

संविधानले अर्थतन्त्रको तीन मध्ये एक खम्बाको रुपमा   सहकारी क्षेत्रलाई लिएको र विद्यमान विषम परिस्थितिमा पनि संस्थामा आवद्ध शेयर सदस्यहरुको साथ, सहयोग र संस्थाप्रति गरेको विश्वासका कारण शेयर पुँजी, बचत तथा ऋण लगानीमा वृद्धि भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत फनिन्द्र कुमार खड्काले बताए । संस्थाले  सदस्यहरुलाई सहज र सरल रुपमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यका साथ आधुनिक डिजिटल प्रविधि प्रयोगलाई आत्मसाथ गरेको उनको भनाई छ । संस्थाले एटिएम, मोबाइल बैकिङ्ग, क्युआर कोड तथा डिजिटल भुक्तानी सेवाहरु मार्फत सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको सिइओ खड्का बताउछन् । संस्था सफलताको हकदार सदस्यहरु भएकाले आमामी दिनमा पनि निरन्तर सदस्यहरुको  साथ, सहयोग र सुझावको अपेक्षा संस्थाले गरेको छ । सेवालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउदै सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरण गर्न  संस्था क्रियाशिल रहने प्रतिवद्धता सिइओ खड्काको रहेको छ । संस्थाले यस अवधिमा शेयर पुँजी, संस्थागत पुँजी र अन्य कोषहरुलाई मजबुत बनाउदै लगेको छ ।

संस्थाको यस आर्थिक बर्षको जेठ मसान्तसम्म  शेयर पुँजी ८ करोड ९४ लाख ८३ हजार,जगेडा कोष ४ करोड ४३ लाख ८५ हजार र कुल संस्थागत पुँजी ४ करोड ५९ लाख ३४ हजार पुगेको छ । संस्थाको विभिन्न कोषहरुमा ७ करोड ५३ लाख ८२ हजार, बचत संकलन ५३ करोड ९९ लाख ३० हजार र ऋण लगानी ४३ करोड ५१ लाख ७२ हजार रहेको छ । संस्थाको तरलता २९.८३ प्रतिशत १६ करोड १० लाख ७४ हजार, सदस्य १ हजार ४६० जना र  कुल सम्पत्ति ७९ करोड ६६ लाख ९८ हजार पुगेको छ । सहकारी क्षेत्रमा आएको वित्तीय संकट र बजारमा सदस्यहरुले गरेको अविश्वासको  वावजुत पनि संस्थाले सदस्यहरुको मन जित्न सफत भएको छ । सदस्यहरुले   गरेको विश्वास र संस्थाले कायम गरेको वित्तीय पारदर्शिताका कारण पछिल्लो  समय संस्थाको तरलतामा वृद्धि भएर गएको छ ।