सोमबार, कार्तिक १० गते २०८३

देवदर्शन सहकारीको आयोजनामा स्वास्थ्य शिविर, चार सय बढीले लिए सेवा


आषाढ १६, २०८१ आइतबार
देवदर्शन सहकारीको आयोजनामा  स्वास्थ्य   शिविर,  चार सय  बढीले लिए सेवा


देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क आँखा तथा स्वास्थ्य शिविरको आयोेजना गरेको छ । संस्थाले  आफ्नो १६ औं स्थापना दिवसको अवसरमा आयोजना  गरेको शिविरमा २९५ जनाले  आँखा जाँच  र १४९ जनाले निस्शुल्क सुगर प्रेसर जाच गराएका थिए ।

त्यसका साथै ३५ जनाले नशा, हाडजोर्नी, छाला तथा यौनरोगसँग सम्बन्धी  विशेष परामर्श सेवा लिएको संस्थाले जनाएको छ ।  आँखा शिविरको क्रममा १० जनामा मोतिबिन्दु भेटिएकाले उनीहरुको  निःशुल्क सल्यक्रियाको व्यवस्था मिलाइएको छ । संस्थाको  सहकार्यमा तिलगंगा आँखा अस्पतालबाट  उनीह्रुको शल्यक्रिया हुने भएको छ।

449139370_789762953332897_3436185651121305187_n.jpg

  तिलगंगा आँखा अस्पताल  र मेडपोइन्ट अस्पताल सतुङ्गलको  प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सन्चालन  गरिएको संस्थाका अध्यक्ष राम नारायाण घिमिरेले बताए ।