सोमबार, कार्तिक १० गते २०८३

गोरखा सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न आव्हान


आषाढ १६, २०८१ आइतबार
गोरखा सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न आव्हान


 पछिल्लो समय समस्याग्रस्त घोषणा भएको गोरखा सेभिङ एण्ड क्रेडिट  को अपरेटिभका  बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी  गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले  सूचना जारी गर्दै  उक्त सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदावी गर्न  आव्हान गरेको छ। 

बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि  असार ६ गतेलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले संस्थालाई  समस्याग्रस्त सहकारीको रुपमा घोषणा गरेको थियो । सहकारीहरुलाई सहकारी ऐन,२०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिमा आएको थियो ।

सोही बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकम समितिको वेवसाइटमा गई सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अनलाईन मागदावी आवेदन मार्फत सप्रमाण दावी पेश गर्न समितिले  भनेको छ । हालसम्म सरकारले २१ सहकारी संस्थालार्ई समस्याग्रस्त घोषणा गरिसकेको छ भने एउटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न विभागले मन्त्रालयमा सिफरिस  गरेको छ ।