सोमबार, कार्तिक १० गते २०८३

शुभश्री साकोसद्वारा सदस्यलाइ उद्यमशीलता तालिम


आषाढ ३, २०८१ सोमबार
शुभश्री साकोसद्वारा सदस्यलाइ उद्यमशीलता तालिम

मध्यपुर थिमी नगरपालिकामा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्थाले दुई दिने झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ । दुई दिने झोल साबुन र सरफ बनाउने तालिम लिएका प्रशिक्षार्थीलाई त्यस अवसरमा प्रमाणपत्र बितरण गरिएको थियो ।

थिमीकाे यचु पार्टी भेन्युमा संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरेर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । उनले तालिम पनि उपलब्धी मुलक र प्रभाबकारी रहेको र यसबाट प्रशिक्षाँर्थीहरुलाई आफुले सिकेको सीपलाई व्यवहार उतार्न अनुरोध गरे । प्रशिक्षाँर्थीहरुले व्यवसायिकरुपमा समुहबाट झोल साबुन र सरफ उत्पादन गर्न चाहेमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । 

तालिम प्रशिक्षक नानीमैया श्रेष्ठले आफुले सिकेको सीपलाई व्यवहारमा उतार्न र झोल साबुन तथा सरफको उपयोगिता बारे जानकारी गराउँदै बाहिर गएर पैसा कमाउनु मात्र कमाउनु हैन खर्च हुने पैसालाई जोगाउनु पनि कमाउनु सरह नै भएको बताइन् । 

विषम परिस्थितिका बीचमा पनि शुभश्री साकोसले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै श्रेष्ठले आउने दिनहरुमामा पनि संस्थाले सफलता हासिल गर्दै जाओस् भन्ने कामना गरिन् । संस्थाका अध्यक्ष श्रेष्ठले सहभागिलाई प्रमाणपत्र र प्रशिक्षक श्रेष्ठले तालिममा बनाएका झोल साबुन र सरफ बितरण गरेकी थिइन् । 

त्यसै अवसरमा ६७औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भएको मध्यपुर नगरपालिका ब्यापी प्रभातफेरी कार्यक्रम २०८० मा तृतीय पुरस्कार हासिल गर्न सफल भएको विजयउत्सव समेत मनाएको छ । 

jhol sabun.jpg