सोमबार, कार्तिक १० गते २०८३

शुभप्रभात सहकारीद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, १२० जनाले रक्तदान


आषाढ २, २०८१ आइतबार
शुभप्रभात  सहकारीद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम, १२० जनाले रक्तदान

 बाह्रबिसे नगरपालिका–९ राम्चेमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरी १६ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना  दिवसमा आयोजना गरेको खुल्ला रक्तदानमा एक सय २० जनाले रक्तदान गरेका छन् ।नेपाल रेडक्रस सोसाईटी बाह्रबिसे उपशाखाको प्राबिधिक सहयोगमा सो सहकारीको १६ औं स्थापना दिवस तथा विश्व रक्तदाता दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

जनप्रतिनिधि, संस्थाका कर्मचारी, सामाजिक ब्यक्तित्व, स्थानीय, सुरक्षाकर्मी र संस्थाको सदस्य लगायतले रक्तदान गरेका थिर्ए । 
संस्थाले रक्तदान कार्यक्रमका साथै ७० बर्ष पुरा भएका ६५ जना जेष्ठ सदस्यलाई खादा, सम्मानपत्र, छाता र नगद सहित सम्मान गरेको छ , त्यसैगरी आफ्नो कार्यक्षेत्र भित्रका विद्यायलमा अध्ययनरत गरिव तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको छ । सदस्य दुर्घटना वीमाबाट स्वर्गीय हिना जिरेलका पितालाई एक लाख रुपियाँ प्रदान गरिएको व्यवस्थापक सुरेन्द्र तिवारीले बताए। क्यान्सर पीडित सदस्यद्धय चन्द्रबहादुर थामी र सञ्चमाया श्रेष्ठलाई जनही दश दश हजार नगद सहयोग गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत  शारदा माध्यमिक बिद्यालयका निमा तामाङ, जेनिश श्रेष्ठ, केसिका नेपाल, भद्रकाली माबिका प्रविन गुरुङ, सुनकोशी माबिका हिमानी गुरुङ, क्षमादेवी माबिका मनिष भण्डारी, महेन्द्रप्रताप माबिका सञ्जिता थामी, राम माबिका सुमित्रा थामीलाई छात्रवृत्ति प्रदान गरिएको  छ ।