सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । संस्थाले हरिवन ३ मोहनपुरमा रहेको योगेश्वर शिव मन्दिर परिसरमा बृक्षारोप कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि दिपमान लोप्चनले बातावरण संरक्षणको लागी सगुन सहकारी संस्थाले गरेको प्रयासको लागि धन्यबाद दिए । उक्त मन्दिर परिसरमा अशोक, तेजपत्ता, अमला, गुलमोहर, कल्की लगायतको १३० थान फुल तथा विरुवा रोप्ने कार्य गरिएको थियो । संस्थाले दिगो विकासका लक्ष्य अन्तर्गत बातावरण तथा जलबायु परिवर्तनलाई टेवा पुर्याउन पर्यावरणलाई बचाउने उद्देश्यले बृक्षारोपण गरेको जनाएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष तारादेबी सुबेदी पोखरेलको अध्यक्षतामा हरिवन वडा नं ३ का वडाध्यक्ष दिपमान लोप्चनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु, संस्थाको संचालक, लेखा सुपरिवेक्षण समितिको सदस्य, सल्लाहकार, विभिन्न उपसमितहरु, कर्मचारीहरु, स्थानिय सदस्यहरु, मन्दिर ब्यवस्थापन गरि ४० जनाको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका सचिव राज कुमार उप्रेतीले गरेका थिए ।
नेपालपत्र संवाददाता