सोमबार, कार्तिक १० गते २०८३

बागमती प्रदेश संघ र हेफर ईन्टरनेशनलको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम


जेठ २४, २०८१ बिहीबार
बागमती प्रदेश  संघ र हेफर ईन्टरनेशनलको संयुक्त आयोजनामा  अन्तरक्रिया कार्यक्रम

बागमती प्रदेश सहकारी संघ , हेफर ईन्टरनेशनल नेपाल र सेवा नेपालको संयुक्त आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न  भएको छ ।  हेटौंडामा आयोजित कार्यक्रममा  सामाजिक उद्यमी महिला सहकारीहरुको अवस्था बारे नीतिगत पैरवी तथा अन्तर्क्रिया कार्यक्रम राष्ट्रिय सहकारी महासंघकी संचालक एवं बागमती प्रदेश संयोजक तथा सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रम बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यता  रहेको थियो ।

प्रमुख अतिथि  बज्राचार्यले सहकारीको बहु आयामिकता झल्कने सामाजिक उद्यमी महिला सहकारीको विकास र प्रवर्धनका लागि प्रशिक्षण लगायतका आवश्यकीय नीति तथा कानुन निर्माणमा सहयोग गर्ने प्रतिबध्दता व्यक्त  गरे । बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाले वर्तमान समय सहकारीका लागि राम्रो अभ्यास गरेर देखाउने  बेला भएकोले सबै प्रकृतिका सहकारी सदस्य केन्द्रित भएर लाग्नुपर्ने  बताए । त्यसैगरी स्वागत् मन्तव्य राख्दै बागमती प्रदेश सहकारी संघकाअध्यक्ष रामशरण शर्मा घिमिरेले बागमती प्रदेशमा रहेका विभिन्न प्रकृतिका सहकारीहरुको नीतिगत समस्या समाधानका लागि बहश पैरवी गर्ने संघको योजना मुताविक यो कार्यक्रम आयोजना गरिएको  बताए ।  कार्यक्रमकी सभाध्यक्ष पार्वती न्यौपानेले सामाजिक उद्यमी महिला सहकारी सहकारी ऐन बमोजिम दर्ता भएको कानुनी व्यक्ति भएकोले अन्य प्रकृतिका सहकारीहरु सरह कानुनी अधिकार पाउनुपर्ने बताइन् ।

446810570_785300047041839_4051109673777168467_n.jpg

बचत तथा ऋण बाहेकका अन्य सहकारीहरुले उत्पादन देखि बजारीकरण सम्म गर्ने र समुदायको हितको लागि विविध कार्यहरु गरिरहेका हुनाले सामाजिक उद्यमी महिला सहकारीले वास्तविक सहकारीको काम गरिरहेको  उनको भनाई छ ।  कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले स्वागत मन्तव्य  राखेका थिए   भने संघका व्यवस्थापक रुपक घिमिरेले उक्त कार्यक्रम सञ्चालन  गरेका थिए ।