कास्की । सहकारीपीडितले पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालो झण्डा देखाएका छन् । कार्यक्रमको सिलसिलामा पोखरा सभागृहमा प्रवेश गर्न लागेका प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।
उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप् भएको थियो । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केहि प्रदर्शनकारी घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।
गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार प्रधानमन्त्री दाहाल पोखरा पुगेका हुन् ।
नेपालपत्र संवाददाता