सोमबार, कार्तिक १० गते २०८३

सञ्चालकको सम्पत्ति धितो राखी बचतकर्ताको ५ लाखसम्मको रकम सरकारले फिर्ता दिने


जेठ १५, २०८१ मंगलबार
सञ्चालकको सम्पत्ति धितो राखी बचतकर्ताको ५ लाखसम्मको रकम सरकारले फिर्ता दिने

 

सरकारले सहकारी संस्थाको बचतकर्ताको ५ लाखसम्मको रकम फिर्ता गराउने भएकाे । आगामी आर्थिक वर्ष २०८१।८२ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था मिलाइने अर्थमन्त्री वर्षमान सञ्चालकहरुको धितो रोक्कामा रकम फिर्ता दिलाउने व्यवस्था गरिने पुनले घोषणा गरेका हुन् । 

सहकारी संस्थाको सञ्चालक तथा पदाधिकारीहरुको एकाघर परिवारको सदस्यको सम्पत्तिको सुरक्षणमा राखेर यो बराबरको रकम फिर्ता गर्ने व्यवस्था गरिने अर्थमन्त्री पुनले बजेट भाषणमा उल्लेख छ । हाल सहकारीमा बचतकर्ताको अर्बौंअरब रकम सहकारी संस्थाले फिर्ता गर्न सकेका छैनन् । सहकारीपीडितहरूले बचत फिर्ताकाे माग राख्दै पटकपटक आन्दाेलन गर्दै आएका छन् । 

पहिलो चरणमा ५ लाखसम्म रकम फिर्ता गर्ने जनाइएको हो । त्यसैगरी सरकारीको छुट्टै नियमनकारी निकाय गठन गर्ने र संस्थाहरूबीच मर्जरलाई प्रोत्साहन गरिने सरकारको योजना रहेको अर्थमन्त्री पुनले जानकारी दिए ।