सोमबार, कार्तिक १० गते २०८३

संसदीय समितिले २९ सहकारीको छानबिन गर्ने, तीमध्ये समस्याग्रस्त घोषित २० र अन्य ९ संस्था


जेठ १५, २०८१ मंगलबार
संसदीय समितिले २९ सहकारीको छानबिन गर्ने,  तीमध्ये समस्याग्रस्त घोषित २० र अन्य ९ संस्था

 

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ ले २९ वटा सहकारीको छानबिन गर्ने सूची तयार भएको छ ।  उक्त समितिले यसअघि संघीय सहकारी विभागले सिफारीष गरी सहकारी ऐन बमोजिम समस्याग्रस्त घोषित भइसकेका २० वटा संस्था रहेका छन् । 

त्यस बाहेक अन्य ९ संस्था पनि संसदीय समितिकाे छानबिनको सूचीमा रहेको छन् । ती संस्थाहरूमा आईडियल यमुना बहुउद्देश्यीय सहकारी, ईमेज बचत तथा ऋण सहकारी, सहारा बचत तथा ऋण सहकारी, समानता वचत तथा ऋण सहकारी, सानो पाइला वचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था रहेका छन् । 

sansadiya samittee.jpgsansadiya samitteee .jpg